अखिल क्रान्तिकारीले जलायो राष्ट्रपतिको पुत्ला

10 दिन अगाडी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्या भण्डारीको पुत्ला जलाएको छ।संगठनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि पुत्ला जलाएको हो।

मीनभवनस्थित एनसिसी कलेजअगाडि अखिल क्रान्तिकारीले राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो। प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...