अब प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्न नपाउने

1 महिना अगाडी

४ जेठ, काठमाडौं । अब प्रहरीले मास्क नलगाउनेलाई जरिवाना तिराउने र होल्डिङ सेन्टरमा राखेर कारबाही गर्न नपाउने भएको छ । मंगलबार सर्वाेच्च अदालतले यससँग सम्बन्धित मुद्दामा फैसला गर्दै निःशुल्क मास्कको व्यवस्था नहुँदासम्म मास्क नलगाउनेलाई कारबाही नगर्न आदेश दिएको हो । 

न्यायाधीश दीपककुमार कार्कीको इजलासले मास्क नलगाउनेसँग जरिवाना लिने उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने अधिकार नेपाल प्रहरीसँग नरहेको भन्दै अन्तरिम आदेश दिएको हो ।

‘यस्ता कार्यहरु नेपालको संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्था प्रतिकुल नेपाल प्रहरीले अनधिकृत रुपमा प्रयोग गरेको देखिँदा प्रस्तुत रिटको टुंगो नलाग्दासम्म मास्क नलगाउने नागरिकलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यहरु तत्काल नगर्नू, नगराउनू’ आदेशमा भनिएको छ ।

कोरोना महामारीमा मास्क लगाउनुपर्ने नागरिकको दायित्व भए पनि विपन्न नागरिकलाई मास्कको सहज आपूर्ति र वितरण नभएको सर्वोच्चले उल्लेख गरेको छ ।


Share this with your friends:


Advertisement
Advertisement

Advertisement
Advertisement