'आइतबारको कारोबार बजारको टर्निङ प्वाइन्ट'

19 दिन अगाडी

काठमाडौं । सधैं कारोबारीहरुको योजनाका आधारमा चल्ने बजारलाई आइतबार लगानीकर्ताको उत्साहित मनोविज्ञानले चलायो । लगानीकर्ताको उत्साहकै कारण लगानीकर्ताहरुले बजार परिसूचकलाई निरन्तर बढाउँदै २२ अंक माथि पुर्याउँदा पछिल्लो आधा घण्टा कारोबारीले नाफा बुक गर्दा केही करेक्सन भएर बन्द भयो । बजारमा अल्पकालिन तथा दीर्घकालिन लगानीकर्ताहरुको उपस्थिति स्वाभाविक हुने हुनाले पछिल्ला घण्टाको करेक्सनका वावजुद पनि बजारको आइतबारको गति अरु दिनभन्दा फरक रहेको बुझ्न सकिन्छ जसले गर्दा यसलाई बजार सुधारको टर्निङ प्वाइन्ट मान्नेहरु पनि छन् । 

आइतबार बजारले धेरै पछि उत्कृष्ठ कारोबार गर्न सकेत सफल भयो । करिब पौने अर्बको कारोबार रकमले पनि आइतबारको बजार कति उत्साहले भरिएको थियो भन्ने प्रष्ठ्याउँछ । सबै सूचकहरु बढेको यो दिन माइक्रोफाइनान्स उपसूचक सबैभन्दा बढीले बढे पनि बजारमा सबैभन्दा ठूलो हिस्सा भएको बैंक, विकास बैंक, जीवनबीमा तथा निर्जीवन बीमाको गति उत्साहजनक देखिन्थ्यो । 

किन बढ्यो बजार ?

राष्ट्रियसभामा नयाँ सदस्यहरु नदोहोरिएसँगै शेयर बजारका प्रमुख दुस्मनका रुपमा लगानीकर्ताबाट अथ्र्याइएका युवराज खतिवडा पनि नदोहोरिने बलियो सम्भावना देखिएपछि लगानीकर्ताहरु लगानीमा उत्साहित देखिएका हुन् । गभर्नरको रुपमा कार्यरत रहँदा उनले ल्याएका नीति र अर्थमन्त्रीको रुपमा रहँदा उनका अभिव्यक्तिका कारण उनलाई लगानीकर्ताले मन पराउँदैनन् । उनकै प्रभावका कारण वा संयोगका कारण भनौं, उनले यो कार्यकालमा पनि पुँजीबजार विरोधी व्यक्तिको छविलाई मेट्न सकेनन् । 

बजार यदि सामान्य अवस्थामा चलेको थियो भने यो समयमा यति ठूलो सुधार हुने सम्भावना नै थिएन । बजारका अधिकांश ठूला कम्पनीहरुको लाभांश घोषणा भइसकेको छ । पहिलो त्रैमासको वित्तीय विवरणहरु उत्साहजनक देखिएका छैनन् भने यो समय अर्को लाभांशका लागि निकै समय कुर्नुपर्ने यो समय पुँजी बजारमा लागि उपयुक्त समय पनि होइन । त्यसका बाबजुद पनि यति ठूलो सुधार हुनुलाई विश्लेषकहरु बजार सुधारको टर्निङ प्वाइन्ट मान्छन् ।

२०७४ फागुन १४ गते नियुक्त भएपछि र उनको नियुक्तिको हल्लासँगै बजारले १०० अंक भन्दा बढीको गिरावट सामना गरेको थियो । उनको बहिर्गमनको हल्लासँगै त्यो क्षतिपूर्ति हुने अनुमान समेत लगानीकर्ताहरुले गर्न थालेका छन् । 
 

के लगानीकर्ताहरुको अनुमानजस्तै आइतबारको बजार शेयर बजार सुधारको टर्निङ प्वाइन्ट बन्ला कि नबन्ला त्यो भने भविष्यले बताउनेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement