आफ्नो सभामुखका उम्मेदवारलाई मतदान गर्न कांग्रेसको ह्विप

2 महिना अगाडी

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बिहीबार पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।

भोलि माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धी उक्त प्रस्ताव प्रस्तुत हुँदैछ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement