काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार ९माघ ६ गते० उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद् भवनको ल्होत्से हलमा उम्मेदवारी मनोनयन गरिने छ।
यस्तै, शुक्रबार नै अपराह्न ४ः१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ। उपसभामुख चयनका लागि पुस ७ गते (शनिबार)को प्रतिनिधि सभा बैठकमा मत विभाजन लगायतको प्रक्रिया हुनेछ।
उपसभामुखमा सत्ता साझेदार दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिने तयारी छ। रास्वपाका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सभामुख पद आफ्नो पार्टीले पाउने विषयमा सत्ता साझेदार दलहरुबीच सहमति जुटिसकेको बताएका छन्।
यस्तै, कांग्रेससहितको विपक्षी ‘गठबन्धन’बाट पनि उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरिएको छ।