एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

2 महिना अगाडी

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ३५ स्थानको मतगणना जारी छ । 

अहिलेसम्म नेपाली कांग्रेसका ३ उम्मेदवार विजयी भइसेकका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसेकका छन्  । 

जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् । 

समानुपातिकतर्फ एमाले अगाडि

समानुपातिकतर्फको मगणनामा एमाले अगाडि छ । हालसम्म एमालेले ७६ हजार ३ सय २३, कांग्रेसले ६५ हजार ७ सय ९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार ३ सय ३७, माओवादी केन्द्रले २९ हजार ६ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन् । 

जनता समाजवादी पार्टीले ५ हजार ८ सय ३३, जनमत पार्टीले ५ हजार ४ सय ५५, नेपाल मजदुर किसान पार्टीले ४ हजार ४ सय ३८, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ५ सय ३८, नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ४ सय ६० मत प्राप्त गरेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement