एटीएमबाट निकाल्न पाउने रकमको सीमा बढ्यो, कुन कार्डबाट कति निकाल्न पाइन्छ अब ?

1 महिना अगाडी

काठमाडौं । एटीएम कार्ड प्रयोग गरेर हुने नगद कारोबारको सीमा बढेको छ । अब एटीएम कार्ड प्रयोग गरेर १ लाख रुपैंयासम्म निकाल्न सकिने भएको हो । नेपाल राष्ट्र बैंकले डेबिट कार्ड प्रयोग गरेर दैनिक सो परिमाणसम्म रकम निकाल्न सक्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको हो । यसअघि दैनिक ६० हजार रुपैंया निकाल्न पाइन्थ्यो । 

त्यस्तै एकपटकको कारोबारमा २५ हजार रुपैंयासम्म निकाल्न पाइने भएको छ । यसअघि एक पटकमा २० हजारसम्म मात्रै निकाल्न पाइन्थ्यो । राष्ट्र बैंकले एटीएमबाट न्यूनतम ५०० रुपैंयासम्म निकाल्न पाइने व्यवस्था गर्न भनेको छ । साथै त्यस्तो कारोबारमा लाग्ने शुल्क अनिवार्य रुपमा सार्वननिक गर्न समेत भनेको छ । 

कुन कार्डबाट कति गर्न पाइन्छ कारोबार ?


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement