एनआईसी एसिया लघुवित्तको शेयरमा ठुला लगानीकर्ताको यस्तो चलखेल, साना लगानीकर्तालाई यसरी फसाइयो

काठमाडौं । नेपाली धितोपत्र बजारको इतिहासमै सबै आवेदकलाई शेयर परेको एकमात्र लघुवित्त कम्पनीको शेयर कारोबारमा बिहीबार निकै चलखेल भएको छ । कारोबार खुलेको केही दिनमै स्वदेशी लघुवित्तसँगको मर्जरका कारण लामो समयदेखि कारोबार रोक्का रहेको सो लघुवित्तकको शेयर खुलेयता केही दिनदेखि निरन्तर सकारात्मक सर्किटमा रहेको छ । मंगलबारको बजारमा १६९९ रुपैयाँ कायम रहेको सो लघुवित्तको शेयरमूल्यमा बिहीबारको सुरुवाती मिनेटमै सकारात्मक सर्किट लागेर १८६८ रुपैयाँमा कारोबार भयो । आईपीओ मार्फत् १० कित्ता वा २० कित्ता शेयर हाल पार्ने लगानीकर्ताहरु शेयर बेचिहाल्ने वा रोकेर राख्ने दोधारमा थिए । सबै आवेदकको हातमा शेयर हुनु र तुलनात्मक रुपमा अन्य लघुवित्त कम्पनीहरुको भन्दा बढी चुक्तापुँजी हुनुजस्ता कारणले बिहीबारको शेयरमूल्य पनि कम होइन भन्ने मानसिकता पालेका अधिकांश साना लगानीकर्ताहरुको मनोभावलाई ठुला एवं खेलाडी लगानीकर्ताहरुले राम्रैसँग बुझे र अस्वाभाविक बिक्रीचाप बढाउन पुगे । साना लगानीकर्ताहरु सोही लहैलहैमा लागेर भकाभक टीएमएसमा औँला बढाउन थाले र अनलाइन सेवा नलिएका लगानीकर्ताहरु केहीले ब्रोकर कम्पनीमा फोन दबाउन थाले त केही ब्रोकर कम्पनीतिरै दौडिए । फलस्वरुप मंगलबारको बजारमा उच्च खरिदचाप र न्यून बिक्रीचाप भई करिब १० हजार कित्तामात्रै कारोबार भएको बजारमा बिहीबारको पहिलो घण्टामै २ लाख ४० हजारबढीको कारोबार भयो । करिब ४५ करोडको कारोबार गरिसकेपश्चात् सो लघुवित्तको शेयर स्वाभाविक गतिमा आयो । पुनः खरिदकर्ताहरु बढ्न थाले र बिक्रीकर्ताहरु घट्न थाले । कारोबारको अन्तिम मिनेटसम्म पुग्दा करिब १००० जनाले करिब १ लाख कित्ता शेयर खरिद गर्न चाहेका थिए भने बिक्रीकर्ताको अभाव रहेको थियो । बिहीबारको बजारमा १२ बज्नुअगाडि नै २ लाख ३० हजारभन्दा बढी कित्ता कारोबार भईसकेको सो लघुवित्तको शेयर त्यसपछिको ३ घण्टामा थप ३५ हजार कित्तामात्रै कारोबार भयो ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement