काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल मनोनित भएका छन्।
एमालेको सचिवालय बैठकले पौडेललाई केन्द्रिय युवा तथा खेलकुद विभागको सचिवको जिम्मेवारी दिएको हो।
लिलबहादुर थापा प्रमुख रहेको विभागमा यसअघिनै सदस्यहरु मनोनित भएका थिए।
शुक्रबारमात्र विभिन्न विभागको सचिव टुङ्गो लगाउने क्रममा खेलकुद विभागको सचिवमा पौडेललाई मनोनित गरिएको हो।
नेपाल क्लाइमबिङ एसोसियसनका महासचिव रहेका पौडेल एमालेको खेलकुद राजनीतिमा क्रियाशिल छन्। उनी यसअघि एमालेको नेपाल खेलकुद महासंघको केन्द्रिय महासचिव थिए।
खेलकुद महासंघमा लामो समय राजनीति गरेका पौडेललाई एमालेले विभाग सचिवको जिम्मेवारी दिएको हो। नेपालमा मोटर स्पोर्टससँगै शाहसीक तथा पर्वतीय खेलमा पौडेलले काम गरेका छन्। उनी पर्वतीय खेलकुद महासंघका पूर्व कोषाध्यक्ष समेत हुन्।
एमालेको खेलकुद नीति, नियम निमार्ण गर्ने निकाय खेलकुद विभागले पार्टी र सरकारमा खेलकुदको एजेण्डालाई लबिङ र स्थापित गर्ने काम गर्छ।
विभाग सचिवमा मनोनित पौडेलले एमालेको खेलकुद नीतिलाई राज्यको आधारभुत खेलकुदको विकाससँग जोडेर काम गरिने बताए।