काँग्रेस–एमाले जुहारी, जस्तालाई तस्तै...जनतालाई निस्तै

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अहिले भूकम्प पीडितलाई दिइने भनिएको अनुदान बमपतको रु. २ लाख एकमुष्ट दिनु पर्ने माग राख्दै संसद् अवरुद्ध गरिरहेको छ भने सरकारले सो रकम ३ किस्ता गरेर दिने बताइरहेको छ । किस्ता–किस्तामा रकम दिँदा सामान ढुवानी लगायतका कार्य महङ्गो पर्न जाने तर्क काँग्रेसले राखेको छ भने सरकारले एकमुष्ट रहम दिँदा घर नै नबन्ने सम्भावना रहेको औँल्याउँदै आएको छ तर उनीहरूले देखावटी रूपमा जे–जस्तो बहाना बनाएका भएतापनि मूल रूपमा भने यो जुहारी सत्तासँगै केन्द्रित रहेको छ । 
के चाहन्छ काँग्रेस ?
नेकपा एमाले नेतृत्वको सरकारले प्रचारमुखी बजेट ल्याएर जनताको वाहवाही लुटेको एवं हाल आफ्नो हैसियत जनस्तरमा निकै खस्कन पुगेको सत्यलाई बुझेको काँग्रेस जसरी भए पनि सरकारलाई अप्ठ्यारोमा पारेर सत्ता पल्टाउन चाहन्छ । भूकम्प पीडित भनेर सूचीकृत भएकाहरूमध्ये ७० प्रतिशतभन्दा बढी जनता तत्काल घर बनाइहाल्ने मनस्थितिमा छैनन् भने ४० प्रतिशतभन्दा बढीको घर बनाइहाल्नु पर्ने पनि छैन । त्यसमाथि घरै नभएकाहरूले समेत नाम लेखाई पीडितको सूचीमा दर्ज भएकाले उनीहरूलाई एकमुष्ट २ लाख पाउनु निकै फलदायी हुन्छ । यस यथार्थलाई बुझेको काँग्रेस एकातिर जनतामा आफ्नो माहौल बनाउन यस्तो माग गरिरहेको छ भने अर्कातिर सरकारलाई चेप्दै लगी ढाल्ने मनस्थितिमा रहेको देखिन्छ । 
अब के गर्छ एमाले ?
एकपटक ढलिसकेको मानिएको सरकारलाई जोगाउन सफल एमाले पनि त्यसै पछि हट्ने मनस्थितिमा छैन । प्रचारमुखी एमालेलाई चाहिँ जनताले साँच्चै नै भूकम्प प्रतिरोधी घर बनाऊन् र भावी दिनमा भू–कम्पबाट कम क्षति होओस् भन्ने छैन यद्यपि २ लाखको माग नेपाली काँग्रेसले राखिसकेकाले सो माग पूरा गर्दा माहौल काँग्रेसमुखी बन्न जाने भएकाले ऊ अझै केही दिन संसद् अवरुद्धताको सामना गर्ने र नयाँ रणनीतिका साथ अघि बढ्ने सोचमा रहेको पाइन्छ ।
...जनतालाई निस्तै
काँग्रेस–एमालेको यो लोकप्रियताको जुहारीले जनतालाई भने कुनै फाइदा पुग्ने देखिँदैन । खास गरी काँग्रेसले राखेको एकमुष्ट रकमको माग पूरा भई पीडितले एकमुष्ट २ लाख बुझ्न पाएमा पाउनेको मन त केही समय खुसी होला तर त्यसो भएमा रकम प्राप्त गर्नु पर्नेहरूमध्ये १५–२० प्रतिशतले पनि घर बनाउने सम्भावना भने देखिँदैन र वर्षा खर्च हुँदै तीज, दशैँ र तिहारसम्ममा प्राप्त २ लाख सकिने देखिन्छ । यसो हुँदा घरविहीनताको समस्या दिगो बन्न जाने हुन्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement