काठमाडौं महानगरले उठायो ८४ लाख ३४ हजार कर

18 दिन अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्राचार गरेकामा ९ वटा संस्थाले कर तिरेको महानगरपालिकाले जनाएको छ। केही दिन अगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेको थियो।

महानगरलाई कर बुझाउनेमा काठमाडौं फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्‍याट, प्राइम इन्टरटेन्मेन्ट एण्ड रिक्रियसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन्। ती ९ संस्थाहरुले मात्रै महानगरलाई  ८४ लाख ३४ हजार ३ सय ६३  राजश्व बुझाएका छन्।

महानगरले पछिल्लो समय कर तिर्न बाँकी संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गर्न सुरु गरेको थियो। महानगरका मेयर बालेन साह निर्वाचित भएपछि बाँकी कर उठाउन अभियान नै चलाएको हो। महानगरले भदौ १५ देखि २३ गतेसम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...