काठमाडौं १ मा फेरि चुनाव लड्छु : रवीन्द्र मिश्र

2 महिना अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं–१ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन्। 

राप्रपाका बरिष्ठ उपाध्यक्ष रहेका मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उम्मेदवारी घोषणा गरेका हुन्। उनले भने, ‘म फेरि काठमाडौं १ बाट चुनाव लड्छु।’

अघिल्लो २०७४ सालको चुनावमा पनि तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका थिए। उक्त चुनावमा उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए।

२०७४ को चुनावमा सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए भने मिश्र १० हजार १ सय १८ मत पाएर पराजित भएका थिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement