कामना सेवा विकास बैंकको खाताबाटै रकम गायब

9 महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंकको खाताबाट रकम गायब हुने गरेको तथ्य फेला परेको छ । केन्द्रीय कार्यालयसमेत रहेको ज्ञानेश्वर शाखाबाट एकैपटक ४ जनाको खाताबाट रकम गायब भएपछि यस्तो तथ्य खुलेको हो । सो शाखामा खाता रहेको खाता नं.०४११३२००२०४४८२०००००१ को हरिप्रसाद भट्टराईको खाताबाट रकम गायब भएको छ । उनले माथिल्लो तामाकोशी, सामुदायिक लघुवित्त, चौतारी लघुवित्तलगायतका शेयर आवेदनका लागि सो खातामा जम्मा गरेको रकम खाताबाटै गायब भएको हो । भट्टराईले यही पुस ४ गते आफ्नो खातामा रहेको रकम भुक्तानीका लागि चेक काट्दा खातामा रकम नै नरहेको भन्ने जानकारी दिइएको थियो । भट्टराईले आफूले पहिलोपटक चेक काटेको तर खातामा रकम नै भएको भन्ने जानकारी आएपछि आफैँ छक्क परेको बताए । उनले भने, ‘आफ्नो खातामा रहेको रकम पनि नपाइने भएपछि अब राष्ट्र बैंकमा उजुरी गर्नुपर्ला ।’
सो शाखाका शाखा प्रबन्धकसँग कुरा गर्दा उनले बुझ्नुपर्ने भनी फोन राखेको तर पछि सम्पर्क नै नगरेको पीडितको गुनासो छ । सोही शाखामा खाता रहेको धादिङकी खेमकुमारी अर्यालको खाताबाट पनि रकम गायब भएको छ । अर्यालको नाममा खोलिएको ०४११३२००२०१३७६०००००१ नं.को खाता तथा उनकै हस्ताक्षर चल्ने गरी उनका छोरीहरूको नाममा खोलिएका खाताबाट पनि रकम गायब भएको पीडितहरूको गुनासो छ । अघिल्लो पटक (पुस ४ गते) काटेको चेकमा शेयरमा आवेदन गरिएको रकम फुक्का नभएको भनी फिर्ता गरिएको तर पुस १२ गते चेक साट्न जाँदा रकम फुक्का त भएको तर खातामा रकम नै नरहेको भनी फिर्ता पठाएको पीडितहरुले बताएका छन् ।
यसैगरी सो बैंकमा रहेको खातामा शेयर आवेदन गरिने बारेमा पनि शंका रहेको पीडितहरूको गुनासो छ । पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंक र बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक मिली राष्ट्रिय स्तरको कामना सेवा विकास बैंक बनेको सो संस्था चालु आवको पहिलो त्रैमासमा सबैभन्दा कम नाफा गर्ने बैंकको रूपमा रहेको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement