केन्द्रीय मन्त्रीमण्डल २२ सदस्यीय, ११ मन्त्री र ४ राज्यमन्त्री थप

काठमाडौँ- केन्द्रीय मन्त्रीमण्डल २२ सदस्यीय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दै ११ मन्त्री र ४ राज्यमन्त्री थपेसँगै उक्त संख्या पुगेको हो । शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिए।

एमालेबाट परराष्ट्रमा पार्टी सचिव प्रदीप ज्ञवाली, अर्का सचिव गोकर्ण विष्ट श्रम तथा रोजगार र रवीन्द्र अधिकारी पर्यटनमन्त्रीको रुपमा सपथ लिएका छन्। यस्तै रघुवीर महासेठले भौतिक तथा योजना र जगत विश्वकर्माले युवा तथा खेलकुद मन्त्री जिम्मेवारी पाएका छन्। यस्तै शेरबहादुर तामाङले कानूनमन्त्रीको रुपमा सपथ लिए। गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री,  पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री र धनबहादुर बुढा पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री  बनेका छन्। अधिकारी र विश्वकर्मा दुवै कास्कीबाट निर्वाचित सांसद हुन्। एमालेलेबाट यस अघि ईश्वर पोखरेल, थममाया थापा र लालबाबु पण्डित मन्त्री बनिसकेका छन्।

नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेल शिक्षा तथा विज्ञान प्रविधि, शक्ति बस्नेत वन, चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगरले खानेपानी तथा सरफफाई मन्त्रालयको जिम्मेवारी पाएका छन्। रामकुमारी चौधरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेकी छन्। यस अघि माओवादीबाट रामबहादुर थापा गृह र मात्रिका यादव उद्योमन्त्री बनिसकेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement