गरिमा विकास बैंकले ईपीएस २५ रुपैयाँ ! अन्य सूचक कस्ता ?

2 महिना अगाडी

काठमाडौं । गरिमा विकास बैंक लि. ले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रस्तुत गरेको छ । ३ अर्ब ७७ करोड चुक्ता पुँजी रहेको सो बैंकले समीक्षा अवधिमा ७८ करोड ३० लाख खुद नाफा कमाएको हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकको खुद नाफा ४९ करोड ३७ लाख रहेको थियो । अघिल्लो आवको सोही अवधिसम्म २० रुपैयाँ ४४ पैसा प्रतिशेयर आम्दानी रहेकोमा चालु आवमा २४ रुपैयाँ ६० प्रतिशेयर आम्दानी रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ कायम रहेको छ भने बैंकको रिजर्भमा ९३ करोड २ लाख रहेको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement

Advertisement
Advertisement