काठमाडौं । गोरखा २ मा मोओवादीका पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायम रहेको छ । प्रचण्डले ७ हजार ७५ मत ल्याएर अग्रता ल्याएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १ हजार ९ सय २९ मत ल्याएका छन् । भने नेकपा एमाललेका अब्दुस सलाम मियाँले १ हजार ६ सय ७६ मत ल्याएका छन् ।