काठमाडौं । चन्द्रागिरि हिल्सले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । पुष २४ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गर्न लागेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई साधारण सेयर जारी गरेको चन्द्रगिरिले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ जारी गरेको हो । दोस्रो चरणमा कम्पनीले कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर आवेदन माग गरेको हो ।
यति शेयरले प्रतिव्यक्ति १० कित्ताको दरमा पनि भाग पुग्न कठिन हुने सम्भावना रहेको शेयर विश्लेषकहरु बताउँछन् ।