चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन कात्तिक १ देखि लागु हुने, भेरियन्समा राष्ट्र बैंक लचक

2 महिना अगाडी

काठमाडौं । चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन कात्तिक १ देखि लागु हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकका लागि छुट्टाछुट्टै निर्देशन जारी गर्दै उक्त मितिदेखि मार्गदर्शन लागु गर्नुपर्ने जनाएको हो । 

राष्ट्र बैंकले केही समय अघि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनको मस्यौदा सार्वजनिक गर्दै त्यसउपर सुझाव लिएको थियो । सरोकारवालाको सुझावपछि यसलाई कार्यान्वयनमा लैजान लागिएको हो ।  

निर्देशन अनुसार बैंक, विकास बैंक, वित्त कम्पनी र पूर्वाधार बैंकले कात्तिक १ देखि प्रवाह हुने र नवीकरण हुने सबै प्रकारका कर्जामा उक्त मार्गदर्शन लागु गर्नु पर्नेछ । यसरी मार्गदर्शनाका व्यवस्था लागु हुन नसकेको अवस्थामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने समेत राष्ट्र बैंकले जनाएको छ । 

यद्यपि मार्गदर्शनमा भएको भेरियन्स सम्बन्धी व्यवस्था भने राष्ट्र बैंक लचक बनेको छ । यो व्यवस्था १ वर्षपछि मात्रै लागु गर्नेगरी निर्देशनमा प्रावधान राखिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement