ज्योति लाइफको शेयरमा म्युचल फण्डको यस्तो चलखेल, सबै शेयर ३ नं. ब्रोकरलाई !

23 दिन अगाडी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा बुधबारको बजारमा निकै चलखेल भएको छ । सो इन्स्योरेन्सको शेयरमा विगत केही दिनदेखि निरन्तर सकारात्मक सर्किट लाग्दै आएकोमा बुधबार पनि बजार खुलेको केही मिनेटमै सकारात्मक सर्किट लागेर ८२६ रुपैयाँ शेयर मूल्य पुगेको थियो । 
बुधारको बजारमा सो कम्पनीको शेयर मूल्यमा २ प्रकारका चलखेल भएका छन् । एकातिर एउटै म्युचल फण्डले शेयर बिक्रीको चाप देखाउन १०,००० कित्ता शेयर बिक्री गरेको छ भने अर्कातिर त्यसपछिका सबै कारोबारको खरिदकर्ता ३ नं. ब्रोकर नै रहेको छ । बुधबारको बजारमा पहिलो करिब ७०० कित्ताको कारोबार हुँदासम्म साधारण कारोबार भएको भएतापनि बजारमा उचित रुपमा बिक्रीकर्ता आउने सम्भावना नदेखेपछि म्युचल फण्डहरुले एकै पटक ठुलो कित्तामा कारोबार गरेका हुन् । ३५ नं. ब्रोकरबाट ७ वटा कारोबारबाट १० हजार कित्ता शेयर बिक्री गरिएको पाइन्छ । ठुलो संख्यामा कारोबार भएको नपाइएसम्म आम सर्वसाधारणले शेयर बिक्री नगर्ने भएकाले ठुला लगानीकर्ता एवं म्युचल फण्डहरुले यस्तो ठुलो संख्यामा शेयरको आपूर्ति गरी सर्वसाधारणको शेयर खुस्काउने गरेका छन्, जसको निरन्तरता बुधबारको बजारमा पनि देखिएको हो । हालसम्म त्यतिका ठुलो संख्यामा सो इन्स्योरेन्स कम्पनीको शेयर कारोबार नै नभएकाले १० कित्ता शेयर हात पारेका साधारण लगानीकर्ताबाट त्यति ठुलो परिमाणमा शेयर बिक्री गर्न नसकिने भएकाले म्युचल फण्डले नै त्यस्तो खेल खेलेको स्पष्ट हुन्छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement