दशैं सुरु भएसंगै काठमाडौंका प्रमुख नाकाहरुमा गाडीको चाप बढ्दो

2 महिना अगाडी

काठमाडौं । दशैं सुरु भएसंगै काठमाडौं रित्तिन थालेको छ । । उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेपछि काठमाडौंका प्रमुख नाकाहरुमा गाडीको चाप बढेको छ । घटस्थापनदेखि सुरु भएको दसैँको लागि हरेक दिन करिब १ लाख मानिसले काठमाडौं छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

ट्राफिक प्रहरीको आंकलन अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् । फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छोड्ने आंकलन गरिएको ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेकर्ड राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोट लगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement