नयाँ सिईओ आए पनि सुध्रेन महालक्ष्मी विकास बैंक, दरबारमार्गकै कर्मचारी भन्छन्, ‘एबीबीएस जान्दैनौँ’

2017-12-21

फर्म नलिनेमात्रै होइन, यदि फर्म लिई हाले पनि त्यसको इन्ट्री नै नगर्ने गरेको पनि त्यहाँ भेटिएका सेवाग्राहीले बताए ।

काठमाडौं । छोटो समयमा कास्कीको अन्नपूर्ण फाइनान्सको स्तरोन्नति गरी कैलाश विकास बैंकका रुपमा स्थापित गराउन भूमिका खेलेका कृष्णराज लामिछाने हाल महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । साविकका यती फाइनान्स, भ्याली फाइनान्स र मनकामना डेभलपमेन्ट बैंक मिली बनेको यती डेभलपमेन्ट बैंक तथा इम्पेरियल फाइनान्स, महालक्ष्मी फाइनान्स तथा मालिका विकास बैंक मिली बनेको महालक्ष्मी विकास बैंकबीच पुनः मर्जर भई हालको महालक्ष्मी विकास बैंक बनेको हो । 
आफू प्रमुख कार्यकारी अधिकृत भएर आएपछि लामिछानेले महालक्ष्मी विकास बैंकलाई २९ औँ वाणिज्य बैंक सम्झनोस् भन्दै अन्तर्वार्ता दिँदै आएका भएपनि बैंकका विभिन्न शाखाहरुको सुविधा भने फाइनान्स कम्पनीको भन्दा पनि निम्नस्तरको छ । विभिन्न फाइनान्स कम्पनीहरुमा आफन्तको सोर्सफोर्सबाट काम गर्दै आएका कर्मचारीहरुको हावी रहेको सो बैंकमा ‘कस्टुमर सर्भिस’को महसुस नै गर्न नसकेको सेवाग्राहीहरु बताउँछन् । 
बुधबार सो बैंकको केन्द्रीय कार्यालयसमेत रहेको दरबारमार्ग शाखामा आस्वा आवेदन बुझाउन पुगेका गुल्मीका नारायण भण्डारी आफैँलाई चिनाउने कागजात नरहेको भन्दै त्यतिकै फर्किए । भण्डारीलाई बैंकका कर्मचारीहरुले तपाईँ नै यो मान्छे हो भनेर चिन्ने के आधार छ भनी प्रश्न गरे । भण्डारीले आफूसँग भएको नागरिकताको प्रतिलिपि पनि देखाए तर सक्कल नागरिकता नभई आस्वा भर्न पाइँदैन भनी उनीहरुले त्यत्तिकै फर्काई दिए । 
फर्म नलिनेमात्रै होइन, यदि फर्म लिई हाले पनि त्यसको इन्ट्री नै नगर्ने गरेको पनि त्यहाँ भेटिएका सेवाग्राहीले बताए । ‘एउटा फर्म लिएर आएको थिएँ, तपार्इँको एकाउण्ट डोरमेन्ट छ कि ? ब्यालेन्स छैन कि ? हामीलाई के थाहा भनी र्याखर्याक्ती पारे । चेक गर्नोस् हजुर भन्दा हामीलाई अहिले फुर्सद छैन, १ हप्तापछि आउनू भनेर जवाफ दिए, आस्वाको आवेदन गर्ने म्याद नै २ दिनसम्म छ, १ हप्तापछि आएर के गर्नू ?’ हतासिँदै उनले प्रश्न गरे । 
सिन्धुपाल्चोकका रामचन्द्र खड्काले पनि त्यस्तै समस्या भोगेका रहेछन् । आफ्नै नाममा रहेको सो बैंकको महाराजगञ्ज शाखामा रहेको खाताको डोरमेन्ट खोल्न दरबारमार्ग शाखामा पुगेका उनलाई त्यहाँका कर्मचारीहरुले आफूहरुलाई एबीबीएसको बारेमा थाहा नभएको भन्दै जहाँ हो, त्यहीँ जान झर्किएर जवाफ दिए । यसबारेमा सोही कार्यालयमा उच्च अधिकारीहरुलाई सोध्दा उनीहरु पनि सेवा प्रदान गराउन निरीह नै भए । 
यी २ प्रतिनिधि पात्र र प्रतिनिधि घटनामात्रै हुन् । आफ्नो बैंकलाई २९ औँ वाणिज्य बैंक भन्न चाहने महालक्ष्मी विकास बैंकका कर्मचारीहरुका कारण सेवाग्राहीहरुले सो बैंकलाई सहकारी संस्थाका रुपले बुझ्न थालेका छन् । सानोतिनो समस्यामा पनि अधिक दुःख दिने कर्मचारीहरुको प्रवृत्ति र साना कर्मचारीहरुलाई निर्देशन दिन नसक्ने अक्षम अधिकृतहरु रहेका कारण लामिछानेले चाहेर पनि बैंकको सेवालाई प्रभावकारी र चुस्त बनाउन नसकेको बैंककै एक अधिकृतले बताए । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement