नागरिक लगानी कोषले हिमाल दोलखाको हकप्रद शेयर प्रत्याभूति गर्ने

2 महिना अगाडी

काठमाडौँ । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत  हुने एक अर्ब २० करोड रुपैयाँको एक करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभूति कोषले गर्ने भएको छ ।

सोसम्बन्धी सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रञ्जना दाहालले हस्ताक्षर गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement