नेपाली वर्णविन्यासको नालीबेली–१
कसरी हुँदैछ नेपाली भाषाको सत्यानाश ?

–डा. बलदेव शर्मा अधिकारी
फूल पनि फुल भयो । मीतलाई मित बनायो । विद्याको खुट्टो काटेर विद्या बनाइयो । इत्यादि ।   देवनागरी लिपि तथा नेपाली वर्णविन्याससम्बन्धी विषयमा नेपाली भाषाका समसामयिक प्रयोक्ताहरू प्रायः सबैबाट चासो र चिन्ता व्यक्त गरिएको छ । यो स्वाभाविक पनि हो । संविधानतः नेपाली भाषा नेपालको राजकीय कामकाजमा समेत प्रयोग गरिने राष्ट्रभाषा हो भने देवनागरी लिपि राष्ट्रिय लिपि हो । राष्ट्रियतासँग भाषाको अनन्य सम्बन्ध हुन्छ । राष्ट्रभाषाको संरक्षण गर्ने दायित्व सम्बन्धित राष्ट्रका हामी राष्ट्रवादी नागरिकहरूकै हो । वैदेशिक अनुदानबाट चलुन्जेलसम्म नेपाल सरकारले अन्तर्राष्ट्रिय भाषाकै पक्षपोषण गरिरहनुपर्ने बाध्यता छ । पराश्रित सरकारबाट राष्ट्रभाषाको संरक्षणमा पर्याप्त प्रयास गरिएला भनेर आशामात्रै गर्नु पनि निरर्थक हुन्छ भन्ने रहस्यबोध हामी सबैले गम्भीर भएर गर्नु आवश्यक छ । 
लेख्य वर्ण वा अक्षरहरूलाई मिलाएर लेख्ने काम नै वर्णविन्यास हो । भाषिक शुद्धताको पहिलो खुट्किलो वर्णविन्यास हो । अङ्ग्रेजीमा वर्णविन्यास–विज्ञानलाई ‘अर्थोग्राफी’ भन्दछन् । नेपाली वर्णविन्याससँग प्रयोग, प्रवृत्ति, व्याकरण र लिपिसँग साइनो जोडिएको छ । वर्णहरूका साङ्केतिक चिह्नलाई लिपि भन्दछन् । अङ्ग्रेजी भाषामा लिपिलाई ‘स्क्रिप्ट’ र लिपिविज्ञानलाई ‘स्क्रिप्टोलोजी’ अथवा ‘ग्रामाटोलोजी’ भनिएको छ । भाषाविज्ञानमा लिपिविज्ञान तथा वर्णविन्यास–विज्ञानको स्थान विशिष्ट प्रकारको छ । भाषा सामाजिक सम्पत्ति भएकाले समाजको परिवर्तनसँगै भाषाको पनि परिवर्तन हुन्छ । वर्णविन्यास चाहिँ एकपल्ट मानक शब्दकोशमा प्रविष्टि पाएर लेखक वा साहित्यकारहरूको प्रयोग र प्रवृत्तिमा भिजिसकेपछि परिवर्तन हुँदैन । बरु स्थापित भइसकेको अवस्थामा नवीन प्रयोगले पनि वैकल्पिक मान्यता पाउन सक्छ । कथ्य भाषामा सबै थरी प्रयोक्ताहरूको प्रभाव पर्छ तर लेख्य भाषामा चाहिँ पूर्णसाक्षर र शिक्षित प्रयोक्ताको मात्रै प्रभाव पर्छ । भाषा अनौपचारिक र औपचारिक दुई प्रकारको हुन्छ । औपचारिक भाषा अनुशासनबद्ध हुन्छ । भाषाको अनुशासन भनेको व्याकरण नै हो । औपचारिक भाषाका प्रयोक्ताले भाषाको व्याकरण जानेकै हुनुपर्छ । आफूले जान्दैन भने जान्नेलाई मानेकै हुनुपर्छ । भाषासम्पादक र भाषाशिक्षकले आफूले प्रयोग गरेको भाषाको व्याकरण जान्दिनँ भनेर सुखै पाउँदैन । यो संसारभरिकै नियम हो । जसरी कार्यक्षेत्रमा खटिएका सिपाहीहरूले अत्यधिक तापक्रममा पनि औपचारिक पोसाक लाउनै पर्छ, गर्मी भयो भन्दै फुकाल्न पाउँदैनन् त्यसरी नै भाषासम्पादक वा भाषाशिक्षकले पनि व्याकरणको शिक्षा लिन्नँ भन्न पाउँदैनन् । नेपाली वर्णविन्यास व्याकरणबाट अनुशासित छ । वर्णविन्यास–विज्ञानसँग लिपिविज्ञानको सम्बन्ध प्रत्यक्षतः जोडिएको छ । नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ । देवनागरी लिपिका लिपिचिह्नहरू ४०३ भन्दा बढी छन् भन्ने कुरा अनुसन्धानले देखाएको छ । स्वरवर्ण, व्यञ्जनवर्ण, स्वरवर्णका बाह्राखरी मात्राचिह्न, अङ्क तथा संयुक्त वर्णसमेत जोडेर त्यति सङ्ख्या पुगेको हो । यस अनुसन्धाताले चारवटा सूत्रका आधारमा भएभरका संयुक्त वर्ण चिनाउन सकिने रहस्य फेला पारेको छ । देवनागरी लिपि विश्वकै प्राचीनतम लिपि हो । यस लिपिको उत्पत्तिस्थल नेपालको राजधानी काठमाडौँ नै भएको कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ । संस्कृत भाषामा प्रयोग गरिने प्रायः सबै लिपिचिह्न नेपाली भाषामा पनि प्रयोग गर्नुपर्छ । त्यसका अतिरिक्त नेपाली भाषाका विशिष्ट लिपिचिह्न पनि प्रयोग गर्नुपर्छ । संस्कृत भाषामा अप्राप्य तलथोप्ली व, पेटघोचुवा रेफ जस्ता लिपिचिह्नहरूको प्रयोग नेपाली भाषामा गरिएको छ ।    
लेख्य नेपाली भाषाको इतिहासले लगभग एघार सय वर्षमात्र पार गरेको छ । शिलापत्र, स्तम्भपत्र, ताम्रपत्र, स्वर्णपत्र, भोजपत्र, ताडपत्र आदिमा अभिलिखित अभिलेखहरू नै हाम्रा प्रारम्भिक लेख्य सामग्रीहरू हुन् । ती लेख्य सामग्रीहरूको अध्ययन गर्दा नेपाली भाषा संस्कृत भाषाबाटै प्रभावित भएको देखिन्छ । भानुभक्त आचार्य नेपाली भाषाका आदिकवि मानिएका छन् । उनीभन्दा पहिले पनि नेपाली भाषामा साहित्यको रचना भएको छ । भानुभक्त आचार्य र उनका पूर्ववर्ती साहित्यकारहरू प्रायः पद्यमा लेख्थे । उनीहरूले वर्णविन्यासमा छन्दको सुगमतातिरै ध्यान दिए । नेपाली भाषामा व्याकरण लेख्ने प्रथम वैयाकरण जे.ए. एटन (१९१८) ले नेपाली भाषाको वर्णमाला संस्कृतकै वर्णमाला भएको ठहर गरे । उनीपछिका टर्नबुलले संयुक्त वर्ण वा अक्षरका पाठलाई विशेष ठाउँ दिए । पश्चिमी वैयाकरणहरूको उद्देश्य नेपाली भाषाको सेवा गर्नुभन्दा पनि यस भाषाका माध्यमबाट बाइबल पढाउनु नै थियो । नेपाली भाषाका आदि वैयाकरण अमृतानन्द बाँडालाई मानिएको छ । उनको त्रैभाषिक व्याकरण प्रकाशनमा नआएकाले वीरेन्द्र केसरी अज्र्याल (१९४५) लाई प्रथम मातृभाषी नेपाली वैयाकरण मान्न सकिन्छ । उनले पनि नेपाली वर्णविन्यासमा संस्कृतका शब्द संस्कृतमा जस्तै गरी लेख्नुपर्ने मान्यता अगाडि सारे । उनले नेपाली भाषाको वर्णविन्यासमा अजन्त र हलन्तको प्रयोग उच्चारणअनुसार गरे, किनभने उनी छन्दोवादी कवि थिए । बनारसबाट प्रकाशित हुने माधवी पत्रिकाका माध्यमबाट सम्पादक मातृप्रसादशर्मा अधिकारी (१९६५) ले संस्कृतका शब्दलाई संस्कृतअनुसारै लेख्ने अनि नेपालीका शब्दलाई चाहिँ अजन्त अर्थात् स्वरान्त बनाएर लेख्ने नियम बनाए । हलन्त अर्थात् खुट्टा काटिएका वर्णलाई कविशिरोमणि लेखनाथले समेत व्यङ्ग्य गरेका छन् । लेखनाथ पौड्याल (१९६८) ले शिशुबोधिनीको दोस्रो भागमा संयुक्त वर्ण वा अक्षर सिकाउने तरिका लेखिदिएर नेपाली भाषामा संयुक्त वर्ण वा अक्षरको विशेष भूमिका रहने कुरा स्थापित गरिदिए । जयपृथ्वीबहादुर सिंह (१९६९) ले वीरेन्द्र केसरी अज्र्यालकै बाटो समाते। क्रमश...


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement