नेपाल बैंकको एफपीओ हौवा, सर्वसाधारण फस्ने कि बिक्री प्रबन्धक ?

2018-05-02

३५० रुपैयाँसम्ममा एफपीओ निष्काशन गर्ने बताएको सो बैंकको पछिल्लो बजार मूल्य ३४७ रुपैयाँ रहेको छ ।
काठमाडौं । एफपीओ ल्याउने सार्वजनिक गरेको केही समय रोकेर नेपाल बैंकले एफपीओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले एफपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेसँगै प्रक्रिया अघि बढेको हो । सर्वसाधारण शेयरधनीको मात्रा ४९ प्रतिशत बनाउन बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
पछिल्लो समय निष्काशन गरिएका एफपीओहरुले लगानीकर्ता र बिक्री प्रबन्धकलाई समेत सिधै घाटा लगाइरहेका छन् । केही अघि अरुण भ्याली हाइड्रोपावरले एफपीओ २१५ प्रिमियम राखेर रु. ३१५ मा एफपीओ ल्याउने तयारी गरेको भएपनि बजारमा गिरावट आएका कारण एफपीओ अझै निष्काशन गर्न सकेको छैन । गत भदौमा २२० रुपैयाँका दरमा एफपीओ निष्काशन गरेको पोखरा फाइनान्समा लगानीकर्ताहरु निकै जिल्लिएका थिए । एफपीओ स्वीकृत हुने समयमा करिब २६० रुपैयाँ बजार मूल्य रहेको सो कम्पनीको पछिल्लो बजार मूल्य १५९ रुपैयाँ रहेको छ । सो कम्पनीले यसबीचमा १३.५ प्रतिशत बोनस शेयर र १०० बराबर १५ का दरमा हकप्रद दिएको थियो । 
यस्तै, अघिल्लो माघमा एफपीओ निष्काशन गर्ने अन्तिम तयारी गरेका शिखर इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले पनि समयमा एफपीओ ल्याउन सकेको थिएनन् । शिखरको एफपीओ ५ वर्षे प्रावधानका कारण स्थगित नै हुन पुग्यो भने प्रिमियरले मूल्य घटाएर एफपीओ निष्काशन गरेको छ । प्रिमियरले प्रतिकित्ता ६९९ रुपैयाँ प्रिमियम राखी ७९९ रुपैयाँमा एफपीओ निष्काशन गरेको हो । यसअघि प्रिमियरले १००४ तथा शिखरले १६२० रुपैयाँमा एफपीओ निष्काशन गर्न आवेदन गरेका थिए । 
यस्तै, केही समयअघिमात्रै प्रतिकित्ता रु. ४०१ प्रिमियम राखी ५०१ रुपैयाँमा एफपीओ निष्काशन गरेको बुटवल पावर कम्पनीबाट लगानीकर्ता र बिक्री प्रबन्धकहरु समेत फसिरहेका छन् । बजार मूल्य ६५० बढीबाट ४५० हाराहारीमा आएपछि लगानीकर्ताहरु सिधा मारमा परेका हुन् भने करिब १२ लाख कित्ता शेयर बिक्री नभएपछि बिक्री प्रबन्धकले नै सो शेयर सकार्नुपरेको थियो । पछिल्लो समय बुटवल पावर कम्पनीको बजार मूल्य ४८० रुपैयाँको हाराहारीमा छ । लगानीकर्तालाई हालसम्म लगानीको ३ महिनाबढीको प्रतिफलको घाटा त छँदैछ, त्यसमाथि एफपीओका लागि तिरेको मूल्यभन्दा बजार मूल्य कम हुँदा थप घाटा लागि रहेको छ । बिक्री प्रबन्धकका रुपमा रहेको कम्पनीहरुलाई त्यतिका परिमाणमा घाटाको शेयर सकार्नु पर्दा झनै टोक्नु न बोक्नु भएको अवस्था छ । 
एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको एनएमबी बैंकले पनि लामो समयसम्म एफपीओ निष्काशन गर्ने प्रक्रियालाई रोकेर राखेको छ । बैंकले अघिल्लो जेठमा एफपीओका लागि आवेदन गरेको थियो । 
यसै क्रममा नेपाल बैंकको पनि एफपीओ आउन लागेको हो । बैंकको एफपीओ रु. १०० प्रिमियमसहित रु. २०० मा आउन सक्ने चर्चा बजारमा चलेपछि हतासिएर विज्ञप्ति निकालेका बैंकका प्रमुख कार्यकारी अधिृकत देवेन्द्रप्रताप शाहले कम्पनीमा २०० रुपैयाँ प्रिमियम नराखी एफपीओ निष्काशन नगर्ने जनाएका छन् । उनको आशय अनुसार सो बैंकले ३०० देखि ३५० रुपैयाँसम्ममा एफपीओ निष्काशन गर्न चाहेको देखिन्छ । ३५० रुपैयाँसम्ममा एफपीओ निष्काशन गर्ने बताएको सो बैंकको पछिल्लो बजार मूल्य ३४७ रुपैयाँ रहेको छ । 
एफपीओ निष्काशनका लागि स्वीकृति पाएमात्रै कम्पनीलाई पुग्ने भएकाले पनि कम्पनीहरु चर्को मूल्यमा एफपीओ ल्याउन हौसिने गरेका एक जानकार बचाउँछन् । ‘सर्वसाधारणले किने उनीहरु नै फस्छन्, नकिने बिक्री प्रबन्धक फस्छन् । एफपीओ बिक्नु र नबिक्नुमा कम्पनीलाई कुनै मतलब हुँदैन ।’ उनको भनाइ थियो । नेपाल बैंकले पनि सोहीकारण सकेसम्म बढी मूल्यमा एफपीओ निष्काशन गर्न चाहेको देखिन्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement