नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

2017-09-08

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९ करोड ७५ लाख रुपैंया बराबरका ९ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्न गर्दैछ । उक्त एफपीओ बिक्रीका लागि प्रभु क्यापिटलले बिक्री प्रबन्धकको रुपमा काम गर्ने भएको छ । बैंकको उक्त एफपीओ भर्नका लागि आगामी मंगबारदेखि शुक्रबारसम्मको समय तोकिएको छ । उक्त समयभित्र सम्पूर्ण शेयरका लागि आवेदन नपरे मात्र बैंकले उक्त समयावधि बढीमा असोज १० गते बढाउन सक्नेछ । 
बैंकले दिएको जानकारीअनुसार उक्त शेयरका लागि कम्तीमा ५० कित्तादेखि बढीमा ४७५० कित्ताका लागि आवेदन दिन सकिन्छ । तर नयाँ नियमावलीअनुसार प्रत्येक आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने तथा आवेदकको संख्या बैंकको जारी शेयरको एक दशांश भन्दा बढी हुने सम्भावना देखिएकोले न्युनतम ५० कित्तामात्र आवेदन गर्नु उपयुक्त हुन्छ । यो शेयरमा पनि धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी नयाँ नियमावली को प्रावधान अनुरुप संगठित संस्था एवं उक्त कम्पनीको संस्थापक शेयर धारण गर्ने व्यक्तिले लगानी गर्न नपाउने बैंकले जनाएको छ । 
उक्त बैंकमा नेपाल सरकारको सबैभन्दा बढी १९ करोड, नेपाल राष्ट्र बैंकको २ करोड तथा ११ ओटा वटा वाणिज्य बैंक, लघुवित्त कम्पनी सहकारी संस्था, प्राइभेट फर्म र सर्वसाधारणसमेतको लगानी छ ।  
उक्त बैंकको शेयर निष्कासन पूर्ण रुपमा आश्वा प्रणालीबाट मात्र हुनेछ । आश्वा सेवा उपलब्ध गराएका जुनसुकै बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको फर्म भरी सम्बन्धित बैंकमा रहेको आफ्नो खातामा रहेको रमकमध्ये आवेदन गर्दा चाहेको रकम बैंकमा रोक्का गरिदिएपछि आवेदन प्रक्रिया पूर्ण हुन्छ । त्यसका लागि आफूले खाता खोलेको बैंकको जुनसुकै शाखामा गएर आवेदन दिन सकिन्छ । तर आवेदन गर्न चाहनेले हितग्राही खाता भने खोलेको हुनुपर्छ । उक्त हितग्राही खाता आफूले चाहेको बैंक, मर्चेन्ट बैंकर वा धितोपत्र दलालकहाँ गएर खोल्न सकिन्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement