काठमाडौं । अँग्रेजी नयाँ बर्षको पहिलो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से भारी अंकले वृद्धि भएको छ । यसअघि कयौं दिनको दोहोरो अंकको गिरावट चिर्दै ४४.२२ अंकले बढ्दा परिसूचक १४३४.८० मा पुगेको छ । आज बजारमा कारोबार भएका १६३ स्क्रिपहरुमध्ये १२ ओटाले मात्र नोक्सान बेहोर्नुपर्यो ।
आज कारोबार रकममा भने गिरावट आएको छ । परिसूचकमा भारी वृद्धि हुँदा कारोबार रकममा कमी आएको छ । अघिल्ला दिनहरुमा निरन्तरको गिरावटका बाबजुद कारोबार रकम बढ्ने गरेको भए पनि आज बजार भारी अंकको बृद्धि भए पनि कारोबार रकममा कमी आउनुले बजारमा लगानीकर्ताहरु बजार अझै बढ्ने आशमा केही समय शेयर होल्ड गर्ने मनस्थितिमा रहेको बुझिन्छ ।