पच्चीस अंकले ओरालो लाग्यो सेयर बजार

9 महिना अगाडी

काठमाडौं।  सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो।

‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ। १३ वटा उपसमूह सबै घटेका छन्। यद्यपि, कारोबार भने २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ।

सबैभन्दा बढी हाइड्रोपावर उपसमूह ३.१८ प्रतिशतले घटेको छ भने विकास बैंक २.६८ प्रतिशतले, फाइनान्स २.६२ प्रतिशतले, ट्रेडिङ १.७७ प्रतिशतले, निर्जीवन बीमा १.७१ प्रतिशतले, इन्भेष्टमेन्ट १.५५ प्रतिशतले माइक्रोफाइनान्स १.२७ प्रतिशतले र उत्पादन उपसमूह १.९ प्रतिशतले घटेको छ।


Share this with your friends:


Advertisement
Advertisement