पाम आयल आयातमा भारतको प्रतिबन्ध, नेपालको निर्यात व्यापार धरासायी

16 दिन अगाडी

काठमाडौं । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ । मलेसियासँगको विवादका कारण भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मलेसियाले काश्मिर मुद्दामा भारतको विरोध गरेपछि बदलास्वरुप भारतले मलेसियाबाट सबैभन्दा बढी निर्यात हुने उक्त तेल र त्यसकाे कच्चा पदार्थ समेत आयातमा प्रतिबन्ध गरिदिएको हो । पाम आयलको कच्चा पदार्थको सबैभन्दा ठूलो उत्पादक देश इन्डोनेसिया र मलेसिया हो भने प्रमुख उपभोक्ता देश भारत हो । तर भारतको प्रतिबन्धपछि त्यो व्यवसाय धरापमा पर्ने भएको छ । 

नेपालको निर्यात .व्यापार पनि धरासायी

नेपालको सबैभन्दा ठूलो निर्यात वस्तु पाम आयल नै हो । नेपालले चालु आर्थिक वर्षको ५ महिनामा कुल ११ अर्ब ५२ करोड रुपैंया बराबरको पाम आयल भारतमा निर्यात गरेको थियो याे निर्यात कारण नेपालले निर्यात व्यापारमा उल्लेखनीय सुधार भएको देखिएको थियो । पाम आयलको नेपालको निर्यात व्यापारमा कुल हिस्सा करिब एक चौथाई हो । मंसिरसम्ममा नेपालले ४७ अर्ब ६१ करोड ६८ लाख रुपैंयाको मालवस्तु निर्यात गरेको थियो । 

नेपालको पाम आयल निर्यातको प्रमुख बजार पनि भारत नै हो । तर नेपालमा उत्पादन हुने याे तेलकाे कच्चा पदार्थकाे स्राेत भने इन्डोनेसिया र मलेसिया नै हाे । नेपालले त्यस्तो तेलको लागि चाहिने पामको दाना आयात गर्थ्याे र तेल बनाएर भारतमा पठाउँथ्यो । भारतीय सीमा नजिकका बजारहरुमा त्यस्तो प्लान्ट राखेर तेल बनाएर करिब २० प्रतिशत मूल्य अभिवृद्धि गरेर भारतमै पठाउँथ्यो । 

भारत आफैंले तेस्रो मुलुकबाट आयात गर्दा भन्सार लगाउने तर नेपालबाट आयात गर्दा भन्सार छुट दिएका कारण नेपालले राम्रो फाइदा लिइरहेको थियो । २० प्रतिशत मूल्य अभिवृद्धि गर्दा पनि नेपालले ५ महिनाको अवधिमा मात्रै करिब सवा २ अर्ब रुपैंया राबरको मूल्य अभिवृद्धि गर्न सफल भएकाे थियाे ।अब यो गुम्ने निश्चित भएको छ । यतिमात्रै होइन,  यसले गर्दा आयात-निर्यात अनुपातमा समेत गम्भीर असर गर्ने निश्चित भएको छ । 

पाम आयल के हो ? कहाँ प्रयोग हुन्छ ?

पाम आयल स्वादहीन, रंगहीन र गन्धहीन तेल हो । नेपालीमा ताड भनिने रुखबाट निकालिने दानाबाट यो तेल बन्दछ । यो तेल आफैंमा दैनिक प्रयोग गरिने तोरी, भटमास वा सूर्यमुखी तेलको सट्टामा तरकारीमा प्रयोग गरिदैन । यद्यपि यो खान नहुने तेल भने होइन । यसले कुनैपनि वस्तुमा हुने औशिकरणलाई रोक्ने काम गर्छ जसको कारणले लामो समयसम्म राख्नुपर्ने वा प्याकिङ गरेर पठाउनुपर्ने वस्तुहरुमा यो तेलको प्रयोग गरिन्छ । त्यस्तो वस्तुमा पाम तेलको प्रयोग गनिुका कारण यसको टिकाउ बढाउनु हो । प्रयोग गरिन्छ जसको कारणले ती वस्तुहरु छिटो कुँहिँदैनन् भने यो तेलको प्रयोग गर्दा सो वस्तुको स्वादमा कुनै फरक पनि आउँदैन । 

यो तेलको अर्को विशेषता के हो भने यो प्रयोग भएको जुनसुकै खानेकुरा ग्रेभी हुन्छ जसको कारणले उक्त खानेकुरालाई विभिन्न आकारप्रकारको बनाउन तथा त्यसलाई खान समेत सजिलो बनाउने काम गर्छ । तर यसले मानव स्वास्थ्यमा असर भने गर्दैन । तर यो तेलको उत्पादन जटिल छ । सामान्य तेलभन्दा यो तेल उत्पादन गर्न १० गुणा बढी जमीन चाहिने विश्वास गरिन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement