पुरातत्व विभागका पूर्व महानिर्देशक अमात्यको निधन

4 महिना अगाडी

३१ वैशाख, काठमाडौं । पुरातत्व विभागका पूर्व महानिर्देशक साफल्य अमात्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ३ दिनअघि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित अमात्यको बिहिबार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । 

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राष्ट्रिय अभिलेखमा विद्यावारिधि गरेका अमात्यले २०४० को दशकको मध्यतिर ३ वर्षसम्म पुरातत्व विभागको महानिर्देशकको रुपमा काम गरेका थिए । उनीसँगै केही समय काम गरेका अर्का पूर्व महानिर्देशक एवं नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषनारायण दाहाल मुलुकले एक अध्ययनशील, कुशल र सहयोगी विद्वान गुमाएको बताउँछन् । 

विभिन्न पुस्तक र लेखरचनामा कलम चलाइरहने उनी देशकै प्रतिष्ठित ऐतिहासिक अन्वेषकको रुपमा चिनिन्छन् । मधुमेह र उच्च रक्तचापबाट पीडित रहेका अमात्यको स्थायी घर काठमाडौं हो । 

 


Share this with your friends:


Advertisement
Advertisement