प्रचण्ड र जनार्दन शर्मा पुगे सोलुखुम्बु

13 दिन अगाडी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थ मन्त्री जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन्। सोलुखुम्बुमा भवन उद्घाटनदेखि पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुन उनीहरू सोलुखुम्बु पुगेका हुन्। 

प्रचण्डसँग पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतका नेताहरू सहभागि छन्। प्रचण्डले थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५० शय्याको सामुदायिक अस्पताल  उद्घाटन गर्ने,कार्यक्रम तय भएको छ। ​

समानुपातिक तर्फको बन्द सूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक रोकेर प्रचण्ड सोलुखुम्बुतिर लागेका हुन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...