प्रधानमन्त्री देउवाले राष्ट्रपतिको कदमबारे छलफल गर्न कानुनविदलाई बोलाए बालुवाटार

11 दिन अगाडी

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्‌हरुसँग परामर्श गर्ने भएका छन् ।

दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

यसअघि, सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...