बजारमा आकर्षक शेयरको लहर, लघुवित्तकै १८ करोडको आईपीओ

8 महिना अगाडी

चालु आवभित्रै ती कम्पनीले आईपीओ जारी गरी तोकिएको चुक्तापुँजी पु¥याउने तयारी गरिरहेको बुझिन्छ ।

काठमाडौं । दोस्रो पुँजीबजारमा सुधारका कार्य भईरहेसँगै प्राथमिक बजारमा पनि आकर्षक कम्पनीका शेयरहरू धमाधम आईरहेका छन् । केही समयअघिमात्रै राष्ट्रिय गौरवको आयोजनाका रूपमा चर्चित माथिल्लो तामाकोशीको शेयर निष्काशन भएको थियो । सो कम्पनीको शेयर सूचीकरण हुन अझै बाँकी छ । सोसँगै बजारमा आएका सामुदायिक लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर पनि सूचीकरणको प्रक्रियामा रहेका छन् । 
आइसकेका बाहेक केही प्राथमिक शेयरहरू निष्काशनको तयारीमा पनि रहेका छन् । हाल धितोपत्र बोर्डमा शेयर निष्काशन स्वीकृतिका लागि आवदेन गर्ने कम्पनीको संख्या २ दर्जन छन्, तीमध्ये अधिकांश हाइड्रोपावर कम्पनीहरू रहेका छन् । पछिल्लो समय साना परियोजनाका हाइड्रोपावर कम्पनीका शेयरमा सर्वसाधारणको आकर्षण घट्दै गएको छ यद्यपि केही समयअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता एवं लगानीकर्ता कम्पनीका कर्मचारीहरूका लागि शेयर निष्काशन गर्दा अत्यधिक माग रहेका चिलिमे जलविद्दुत कम्पनीको सहायक परियोजनाका रुपमा रहेको साञ्जेन जलविद्युत् र रसुवागढी हाइड्रोलाई भने सर्वसाधारणले आकर्षक परियोजनाका रूपमा लिने गरेको पाइन्छ । सञ्चयकर्तापछि स्थानीयलाई शेयर दिने परम्पराविपरीत ती कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेका हुन् । यीमध्ये रसुवागढीले १ अर्ब २ करोड तथा साञ्जेनले करिब ५५ करोडको आईपीओ निष्काशनका लागि आवेदन गरेका हुन् ।
यीबाहेक ५ वटा लघुवित्त कम्पनीले करिब १८ करोडको आईपीओ पनि निष्काशन गर्न गइरहेका छन् । यीमध्ये प्रभु समूहको आशा लघुवित्तले ६ करोड ७४ लाख बराबरको आईपीओ निष्काशन गर्न लागेको छ भने जनसेवी लघुवित्तले ४ करोड २० लाख, स्पर्श लघुवित्तले २ करोड ६९ लाख, गुराँस लघुवित्तले २ करोड ५० लाख तथा स्वाभिमान लघुवित्तले १ करोड ८० लाख बराबरको आईपीओ निष्काशन गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाले शेयर निष्काशन गर्दा बाफियाको मापदण्ड बमोजिम गर्नुपर्ने भन्ने निर्देशन दिएकाले ती कम्पनीहरूको शेयर निष्काशन स्वीकृतिका लागि केही समय लागेको धितोपत्र बोर्डले जनाएको छ । 
यस्तै, अघिल्ला वर्षमा सञ्चालन अनुमति स्वीकृति पाएका ९ वटा जीवन बीमा कम्पनी तथा ३ निर्जीबन बीमा कम्पनीले पनि शेयर निष्काशनको तयारीलाई अगाडि बढाईसकेका छन् । तीमध्ये अधिकांशले शेयर निष्काशनकर्ता तोकिसकेका छन् भने केहीको रेटिङसमेत भइसकेका छन् । चालु आवभित्रै ती कम्पनीले आईपीओ जारी गरी तोकिएको चुक्तापुँजी पु¥याउने तयारी गरिरहेको बुझिन्छ ।
यस्तै, राष्ट्रिय स्तरमै चर्चित ठुला संस्थाहरू राष्ट्रिय पुनर्बीमा कम्पनी लि.ले पनि निकट भविष्यमै आईपीओ निष्काशन गर्ने जनाइसकेको छ भने भर्खरै स्थापना भएको पूर्वाधार विकास बैंकले पनि कम्तीमा ६ अर्ब बराबरको आईपीओ निष्काशन गर्दैछ । यसबाहेक चालु आवको मौद्रिक नीतिले ठुला लगानीका कम्पनीहरुलाई आईपीओ निष्काशनका लागि नीतिगत व्यवस्थासमेत गरिसकेकाले शेयर बजारमा नयाँ–नयाँ कम्पनीहरू आउने भएका छन् ।  

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement