शेयर बजारले देखायो अझै बढ्ने संकेत, यस्तो छ कारण

17 दिन अगाडी

काठमाडौं । आइतबारदेखि निरन्तर बढ्दै गएको बजारले मंगलबार समेत उच्च वृद्धिलाई समातेको छ । बजार परिसूचक मंगलबार १६.२३ अंकले बढ्दा परिसूचक १२१६.९२ अंकमा पुगेको हो । 

बजार परिसूचक बढ्दै जाँदा कारोबार रकममा समेत दिनप्रतिदिन बढोत्तरी हुँदै गएको छ । परिसूचकसँगै कारोबार बढ्दै जानुले बजारमा बढेको मूल्यमा समेत किन्न तयार भएका उच्च मनोबलका लगानीकर्ता छन् भन्ने बुझाउँछ । यो आगामी दिनमा समेत बजार बढ्ने संकेत हो । 

मंगलबार लामो समयपछि कारोबार एक अर्ब भन्दा माथि पुगेको छ । सो दिन कुल १ अर्ब १० करोडको कारोबार भयो । माछापुच्छ्रे बै्रकको एकैदिन १९ करोडको कारोबार भयो । सिभिल, वोमी, सेन्ट्रल फाइनान्स र सबैको लघुवित्तको सकारात्मक सर्किट लाग्दा अन्य ५ बम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढ्यो ।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement