बाढी प्रभावित पाकिस्तानलाई विश्व बैंकले ३२३ अर्ब डलर सहयोग गर्ने

2 महिना अगाडी

काठमाडौं । पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण धेरै जनधनको क्षति भएको छ । यस भीषण बाढीका कारण पाकिस्तानले विश्वभरका देशहरूसँग आर्थिक सहयोगको लागि अनुरोध गरेको छ । यसैबीच, विश्व बैंकले पाकिस्तानमा विनाशकारी बाढीलाई ध्यानमा राख्दै ३२३ अर्ब डलर सहायता प्रदान गर्नेछ ।

पाकिस्तानको सिन्ध प्रान्तमा आएको बाढीबाट नराम्ररी प्रभावित किसानलाई विश्व बैंकले ३२३ अर्ब डलर सहयोग गर्ने जानकारी दिएको छ ।सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले भने– ‘हामीले केही प्रोत्साहन दिएर हाम्रो बाढी–कृषि उद्योगलाई पुनर्जीवित गर्नुपर्नेछ ।’ उनले भीषण बाढीपछि किसानले खेतीका लागि बीउ र अन्य आवश्यक सामग्री किन्न सक्ने अवस्थामा नरहेको बताए ।

मुख्यमन्त्रीले आगामी रवि फसलको सिजनअघि विध्वंसपछि किसानलाई आफ्नो जग्गा फिर्ता गराउन विश्व बैंकले प्रदेश सरकारलाई ३२३ अर्ब अमेरिकी डलर उपलब्ध गराउने सहमति भएको बताए । द न्युज इन्टरनेशनलका अनुसार बाढीपीडितले सरकारी सहयोग नपाएको भन्दै पाकिस्तान सरकारको पटकपटक आलोचना गरेका थिए ।

मुसलधारे वर्षापछि दक्षिणी पाकिस्तानमा आएको बाढीले कपास बालीमा क्षति पुर्याएको छ र सिन्धका किसानहरूको जीवनमा गम्भीर असर पारेको छ । भीषण बाढीले देशका किसानको हजारौं एकड कृषि जमिन र बगैंचा नष्ट गरेको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement