बैतडीमा नेपाल–इन्डो क्रिकेट आजदेखि

2 महिना अगाडी

बैतडी । यहाँ आजदेखि प्रथम खुल्ला नेपाल इन्डो टी–२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ । 

प्रतियोगिताको उपाधि विजेता टोलीले ४० हजार र उपविजेता टोलीलाई २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए।

यस्तै म्यान अफ द सिरिजलाई  तीन हजार, बेस्ट ब्याट्सम्यानलाई  एक हजार पाँच सय, बेस्ट बलरलाई  एक हजार पाँच, बेस्ट किपरलाई एक हजार एक सय ११ र बेस्ट फिल्डरलाई सात सय ७७ पुरस्कार दिइनेछ । 

दशरथचन्द नगरपालिका–१० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेल लिग चरणमा खेलाइने छन् । सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास, खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement