भक्तपुरमा ईप्सन ओलम्पिक सम्पन्न

1 महिना अगाडी

भक्तपुर । ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालय बीच इप्सन ओलम्पिकको आयोजना गरेको छ । माघ १६ देखि १८ गते सम्म  विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्धितीय, सूर्योदय स्कुल र ईडेन गार्डेन स्कुलले तृतीय स्थान हात पारेका छन 

ईप्सन भक्तपुर अन्तर्गतका ११ मध्ये १० विद्यालयले सहभागिता जनाएको सो ओलम्पिकमा माध्यमिक तह छात्रा तर्फको पोर्टबलमा मदरल्याण्ड स्कुलले गोल्ड, ग्लोबल एकेडेमीले शिल्भर, क्वालिटी स्कुल र सूर्योदय स्कुलले ब्राउन्च मेडल जितेका थिए । माध्यमिक तह छात्र तर्फको फुटसलमा ग्लोबल एकेडेमीले गोल्ड, सूर्योदय स्कुलले शिल्भर, मदरल्याण्ड स्कुल र विमल मेमोरियल स्कुलले ब्राउन्च मेडल हात पारे ।

 आधारभूत तह खुल्ला बाइ साइकल व्यालेन्सिगंमा मदरल्याण्ड स्कुलले गोल्ड र ब्राउन्च मेडल तथा सूर्योदय स्कुलले शिल्भर र ब्राउन्च मेडल जित्न सफल भए । खुल्ला लगंजम्पमा विमल मेमोरियल स्कुलले गोल्ड, ईडेन गार्डेनले शिल्भर, मदरल्याण्ड स्कुल र सूर्योदय स्कुलले ब्राउन्च मेडल हासिल गरे । 

साथै कक्षा १,२ र ३ का छात्रछात्रा बीचको वाटर फिलिगं खेलमा ईडेन गार्डेनले गोल्ड, ग्लोबल एकेडेमीले शिल्भर, ईडेन र मदरल्याण्ड स्कुलले ब्राउन्च मेडल प्राप्त गरे । दौड १०० मिटरमा कक्षा ४ र ५ को छात्रातर्फ सूर्योदय स्कुलले गोल्ड र ब्राउन्च, ईडेन गार्डेनले शिल्भर तथा पारिजात स्कुलले ब्राउन्च मेडल हात पारेका थिए । त्यसै गरी छात्र तर्फ ग्लोबल स्कुलले गोल्ड, पारिजात स्कुलले शिल्भर र ईडेन गार्डेन स्कुलले २ वटा ब्राउन्च मेडल जित्न सफल भए। 

ईप्सन भक्तपुरका सचिव विजय कर्मचार्यका अनुसार सबै खेलको अंक गणना गरी स्कुल प्रथम, द्धितीय र तृतीय गरी छुट्याइएको  थियो । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापाले बिजयी बिधालयलाई शिल्ड प्रदान गरेका थिए । 

कार्यक्रमका अध्यक्ष एवं ईप्सनका अध्यक्ष जिबि खड्काले मेडल लगाइ दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि थापाले निश्चित स्कुलको सानो समूहले पनि यस्तो प्रकारको खेलकूद प्रतियोगिता सम्पन्न गरेकोमा प्रशंसा गर्दै शुभेच्छा प्रदान गरेका थिए । 


ईप्सन अध्यक्ष जिबि खड्काले ईप्सन भित्रका सबै सदस्य विद्यालय एउटै घर भित्र रहेकाले विजेता जुनै स्कुल भए पनि जित विद्यार्थीहरुको नै हुने बताउँदै यस्ता प्रतियोगिता निरन्तर गरिने बताए । अध्यक्ष खड्काले ईप्सन ओलम्पिक प्रतियोगिताको संयोजन गर्नु हुने संस्थाका सचिव विजय कर्मचार्यलाई प्रशंसा पत्र प्रदान गरेका थिए । प्रतियोगिता अन्तरगत मदरल्याण्ड स्कुलको प्रांगणमा पोर्टबल, व्यालेन्सिगं वाईसाइकल र वाटर फिलिगं खेल सम्पन्न भएका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement