भक्तपुरमा १५ हजार मतदाता थपिए, कुल एक लाख ९४ हजारले मतदान गर्ने

12 दिन अगाडी
भक्तपुर । भक्तपुरमा मतदाताको सङ्ख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ ।आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा १५ हजार नयाँ मतदाता थपिएका हुन् ।
 
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार,  जिल्लामा पुरुष ९४ हजार छ सय ८३ र महिला ९९ हजार सात सय ५१ तथा अन्य पाँच गरी कूल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता रहेको छन् । कार्यालयका अनुसार, भक्तपुरमा पुरुषभन्दा पाँच हजार ६८ जना महिला मतदाताको सङ्ख्या बढी रहेकोछ । 
 
निर्वाचनका लागि ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र निर्धारण गरेको बताउँदै जिल्ला निर्वाचन कार्यालय भक्तपुरका  प्रमुख नदेन्द्रप्रसाद न्यौपानेलेले गत असार १ गतेदेखि साउन १९ गतेसम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका क्रममा १५ हजार नयाँ मतदाता थपिएको जानकारी दिए । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...