भदौ ७ बाट इस्टर्न हाइड्रोपावरको आईपीओ खुल्ने

3 महिना अगाडी

काठमाडौं। इस्टर्न हाइड्रोपावरले पर्सी मंगलबार (७ भदौ)देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ बिक्री गर्ने भएको छ।

कम्पनीले १ सयअंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई उक्त सेयर निष्कासन गर्न लागेको हो।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा २१ भदौसम्म र ढिलोमा ५ असोजसम्म आईपीओ खुला रहनेछ ।

रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आईपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

यो आईपीओमा एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

इस्टर्नले हाल भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement