भारतले नमाने चीनलाई भित्र्याएर सार्क पुनर्गठन गर्ने प्रस्ताव लिएर पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै !

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी अकस्मात नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । उनी नवनियुक्त प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई बधाई दिन आउने औपचारिक जानकार दिए पनि उनको आगमनको मुख्य कारण अर्कै रहेको बताइएको छ । सार्कको पुनर्गठनको प्रस्ताव लिएर नेपाल उनी आउन लागेको बुझिएको छ ।
अघिल्लो बर्ष नै नियमित रुपमा सम्मेलन गरेर हाल नेपालको अध्यक्षतामा रहेको सार्कको नेतृत्व पाकिस्तानलाई सुम्पनुपर्ने भए पनि भारत र पाकिस्तानबीचको तनावसँगै भारतले सार्क बैठक बहिस्कार गर्दा सार्क बैठक प्रभावित भएको थियो जुन अझै बस्न सकेको छैन । कुनै पनि एक राष्ट्रको पनि अनुपस्थितिमा सार्कको कुनै पनि बैठक बस्न नसक्ने कारणले सार्क बैठक स्थगित हुँदै आएको हो । नेपालले नेतृत्वको हैसियतले बैठक सुचारु गर्ने बारम्बार प्रयास गरे पनि बैठक बस्न सकेको थिएन ।
पाकिस्तानी दुतावास स्रोतका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले अध्यक्ष मुलुकको हैसियतले सार्कको बैठक गर्न थप क्रियाशील हुन नेपाली प्रधानमन्त्रीलाई आग्रह गर्ने तर भारतले सार्क विघटन गर्न वा सार्कमा बस्न नचाहेको हो भने चीनलाई समेत समावेश गरेर सार्कको पुनर्गठन गर्ने प्रस्ताव राख्ने बुझिएको छ । दुतावास उच्च स्रोतले भन्यो, ‘भारत सार्कमार्फत् अघि बढ्न चाहँदैन, किनकी यसमा पाकिस्तान पनि छ । अहिले त उसले सार्क बैठक हुन नदिएर पाकिस्तानलाई विश्व मञ्चमा नराम्रो देखाउने प्रयास गरेको छ । भारत सार्कमा रहनै नचाहेको हो भने चीनलाई लिएर सार्कको पुनर्गठन गर्ने मार्ग प्रशस्त गर्न आग्रह गर्नेबारे प्रधानमन्त्रीले नेपाली प्रधामन्त्रीसँग प्रस्ताव गर्नुहुनेछ ।’
भारतले हाल सार्कलाई भन्दा विमस्टेकमार्फत बहुपक्षीय सहकार्य अघि बढाउने नीति लिएको छ । सार्कअन्तर्गत भएका सन्धी सम्झौता र त्यसअन्तर्गतका संगठनहरु प्नि अहिले निष्क्रिय अवस्थामा छन् । भारत र पाकिस्तानबीचको सीमानामा भएको द्धन्द्ध अन्त्य भए पनि सार्क बैठकमा सहभागी हुन भारतले निरन्तर अस्वीकार गर्दै आएको छ ।
सार्क पुनर्गठन गर्ने र त्यसमा भारत नरहने अवस्थामा पनि भुटानबाहेक अन्य देशले सहकार्यलाई निरन्तरता दिने पाकिस्तानी पक्षको बुझाई छ । चीनले पनि यसअघिदेखि नै सार्कमा सहभागी हुन इच्छुक भए पनि भारतकै कारण त्यो सम्भव भएको थिएन । अहिले चीन सार्कको पर्ययवेक्षक सदस्यको रुपमा रहेको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement