भासिएको चन्द्रागिरी, के का लागि जोगाएर राख्ने अब शेयर

3 महिना अगाडी

काठमाडौं । चन्द्रागिरी हिल्स लि.ले चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । काठमाडौंको चन्द्रागिरीमा केवलकार तथा लक्जरी रिसोर्ट सञ्चालन गर्दै आएको सो कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १८ करोड ११ लाख घाटासहितको वित्तीय विवरण पस्किएको हो । अघिल्लो आवको सोही अवधिसम्ममा २ करोड १८ लाख घाटामा रहेको कम्पनीको घाटा १५ करोड ९३ लाख बढेर १८ करोड ११ लाख पुगेको हो । कुल १ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको सो कम्पनीको घाटा दर ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ । 
के हुन्छ बजारमूल्य
चन्द्रागिरी हिल्स लि.को शेयरमूल्य आइतबारको बजारमा २४०९ रुपैयाँ प्रतिकित्ता रहेको थियो । केही दिनअघि प्रतिकित्ता रु. २८०० सम्म कारोबार भएको सो कम्पनीको मूल्यमा पछिल्ला केही दिनमा निरन्तर रुपमा गिरावट आईरहेको छ । 
चन्द्रागिरी हिल्स लि.लाई नेप्सेमा अन्यमा राखिएको छ । राम्रो नाफा कमाइरहेका बैंक, विकास बैंक, इन्स्योरेन्स कम्पनीहरुको मूल्य निकै कम रहँदासमेत फरक प्रकृतिको कम्पनी भएकै कारण सो कम्पनीको शेयरमूल्यमा निकै वृद्धि भएको थियो । तर वर्षेनी करोडौँ घाटामा जानेभएपछि भने लगानीकर्ताहरुमा अन्योलता छाएको छ । 
नेपालको शेयर बजारको अवस्थालाई हेर्ने हो भने राम्रो कम्पनीले राम्रो मूल्य पाउनेभन्दा पनि चलखेल गर्ने कम्पनीहरुले मात्रै राम्रो मूल्य पाउने गरेको पाइन्छ । यसै तथ्यलाई हेर्ने हो भने चन्द्रागिरी हिल्सको शेयरमूल्यमा पनि १–२ दिन केही प्रभाव परेपनि पुनः लयमा फर्किने सम्भावना देखिन्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement