भृकुटीमण्डपमा जुत्ता-चप्पल व्यापार मेला

7 महिना अगाडी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जुत्ता-चप्पल व्यापार मेला हुने भएको छ । मेलामा स्वदेशमा उत्पादित जुत्ता-चप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गरिने फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ । आयोजकका अनुसार मेला २० भदौसम्म चल्ने छ।

एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेकाअनुसार आयात प्रतिस्थापन गरी जुत्ता-चप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेला आयोजना गरिएको हो ।

मेला कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि सहयोगी हुने उनको भनाइ छ । आयोजकका अनुसार ३० भन्दा बढी ब्रान्डका एक हजार मोडलका जुत्तामा १० देखि ५० प्रतिशतसम्म छुट पाइने छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement