मेगाले टुरिज्मसँगको मर्जर प्रस्ताव पारित गर्दा यसरी हेरिरहे अनिलकेशरी शाह

2017-12-19

हलोदेखि हाइड्रोसम्म भन्ने नारा बोकेर नबिल बैंक छोडी मेगा बैंकमा डाडुपन्यू लिएका शाहले मेगा बैंकलाई न हलोमा पु¥याउन सके, न हाइड्रोमा 

काठमाडौं । मर्जर सम्झौता गरेको करिब १ वर्ष बित्नै लाग्दा टुरिज्म र मेगा बैंकबीचको सम्झौता कार्यान्वयनतर्फ अघि बढ्ने भएको छ । यी २ बैंकबीच मर्जरको सम्झौता भएपनि बीचमा आपसी समझदारी कायम हुन नसक्दा सम्झौदा अघि बढ्न सकेको थिएन । केही अघि टुरिज्म बैंकको साधारणसभाबाट सम्झौता पारित गरिएको भए पनि मेगाले डाकेको साधारणसभा गणपूरक संख्याको अभावमा रोकिएको थियो ।
मंगलबार अर्थात् पुस ४ गते काठमाडौंमा मेगा बैंकले साधानरणसभा गरी टुरिज्मसँगको मर्जर प्रस्ताव पारित गर्दा सो बैंकका पूर्व सिईओ अनिलकेशरी शाह फ्रन्टलाइनमै बसेर हेरिरहेका थिए । मेगा बैंकबाट हाल उनी सेञ्चुरी बैंकमा गएका छन् । मेगा बैंकमा रहँदा उनलाई सञ्चालक समितिभन्दा बढी शक्तिशाली रहेको भनी व्याख्या गरिन्थ्यो । हलोदेखि हाइड्रोसम्म भन्ने नारा बोकेर नबिल बैंक छोडी मेगा बैंकमा डाडुपन्यू लिएका शाहले मेगा बैंकलाई न हलोमा पु¥याउन सके, न हाइड्रोमा भन्दै आलोचना हुने गरेको थियो । हाल मेगा बैंकमा शाह सिइओ रहँदाकी डेपुटी सिइओ अनुपमा खुञ्जली निमित्त सिइओको रुपमा रहेकी छन् । 
हाल मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड तथा टुरिज्म बैंकको २ अर्ब १ करोड रहेको छ । यी दुई संस्थाको मर्जरपछि पुँजी ९ अर्ब ४७ करोड पुग्नेछ । दुर्व संस्थाले गत आवको मुनाफाबाट बोनस दिन बाँकी नै छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement