यस्ता छन् समानुपातिक बाट बन्ने कांग्रेसका ३२ सांसद, को को परे ?

1 महिना अगाडी

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सम्पन्न गरेको छ । सो मतगणना अनुसार समानुपातिकमा  नेपाली कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । भने प्रत्यक्षतर्फ ५७ सिट जितेको छ । 

समानुपातिक छनोट प्रक्रियामा पहिलो नम्बरमा रहेकालाई नै  प्राथमिकता दिनुपर्ने भएतापनि संघीय संसदमा हरेक दलले ३३ प्रतिशत महिला सांसद निर्वाचित गर्नुपर्ने भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिला नै पठाउनुपर्छ । बाँकी ३ जनामा भने पुरुषलाई पठाउन सक्छ ।

प्रत्यक्षतर्फ जितेको ५७ सिटमा १ जना मात्रै महिला उम्मेदवार भएका कारण अब समानुपातिकबाट २९ जना महिलालाई छनोट गर्नैपर्ने देखिको छ । यसकारण समानुपातिकतर्फ बाट बढीमा ३ जना मात्रै पुरुष पर्ने भएका छन् । 

 समानुपातिकबाट बन्ने ३२ सांसद नामावलीसहित :

आदिवासी जनजातितर्फबाट सरस्वती बजिमय, लिलादेवी बोखिम, सिता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन र अञ्जनी श्रेष्ठ रहेका छन् । 

त्यस्तै, खस आर्यतर्फ अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तका सेजुवाल र मैना रावल कार्कीको नाम छनोट भएको छ । 

मधेसी तर्फ नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, निनुकुमारी कर्ण–विमलेन्द्र निधिको नाम छनोछ गरिएको छ । 

दलित तर्फ शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र विष्णुमाया परियार–जीवन परियार रहेका छन् भने थारु तर्फ कल्पना चौधरी र विना कुमारी थनेत–योगेन्द्र चौधरीको नाम छनोट भएको छ । 

त्यसैगरी, मुस्लिम तर्फ ९तीनजना पुरुष विकल्पसहित० जावेदा खातुन्फ–र्मुल्लाह मन्सुर, गोपालमान श्रेष्ठ–अञ्जली श्रेष्ठ, विमलेन्द्र निधि–निनुकुमारी कर्ण, प्रकाशशरण महत–उमा दाहाल र जीवन परियार–विष्णुमाया परियार परेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement