काठमाडौं । रणनीतिक रुपमा महत्वपूर्ण मानिएका दुई बैंकका साधारणसभा शुक्रबार हुँदैछ । २२ अर्ब चुक्तापुँजी पुर्याउने लक्ष्यसहित अघि बढेको प्राइम कमर्शियल बैंक तथा कैलाश विकास बैंकको मर्जरसम्बन्धी विशेष प्रस्तावसहितको साधारणसभा तथा २३ वर्षपछि आकर्षक लाभांश प्रस्ताव गरेको नेपाल बैंकको उक्त लाभांश प्रस्ताव पारित गर्ने उद्देश्यले साधारणसभा आज हुँदैछ ।
प्राइम बैंकको साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकाली बिहान ११ बजे हुनेछ भने नेपाल बैंकको साधारणसभा १० बजे सशस्त्र प्रहरी मुख्यालयको हलमा हल्चोकमा हुनेछ । उता कैलाश विकास बैंकको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा ११ बजे बोलाइएको छ ।
नयाँ पुस्ताको मानक बैंक बनाउने लक्ष्यसहित अघि बढेको नेपाल बैंकको आकर्षक लाभांश पारित गर्ने तथा प्राइम कमर्शियलको विकास बैंकमध्येको अब्बल कैलाशलाई गाभ्ने प्रस्तावपछि दुबैं बैंकको इतिहासमा नयाँ डिस्कोर्स सुरु हुने सरोकारवालाहरुले बताएका छन् ।