राप्रपा (प्रजातान्त्रिक)काे केन्द्रीय समितिको बैठक आह्वान, राष्ट्रवादी एकताको बारेमा ठाेस छलफल हुने

9 महिना अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले केन्द्रीय कार्य समितिको वैठक आह्वान गरेको छ । निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय समितिको वैठकमा निर्वाचन समीक्षा, संगठन विस्तार, वैचारिक तथा राजनीतिक कार्यदिशाका विषय प्रखर रुपमा छलफल गरिने केन्द्रीय सचिवालय स्रोतले जनाएको छ ।

वैशाख २५, २६ र २७ गते काठमाडौंमा सम्पन्न हुने वैठकमा राप्रपा पृष्ठभूमीका पार्टीहरु बीचको एकताका सम्बन्धमा पनि छलफल हुनेछ । सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न सम्पूर्ण राप्रपाहरुलाई एक ठाउँ उभिन राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर जबराले यस अघि नै सार्वजनिक आह्वान गरीसकेका छन् । पूर्व राजाले तीनवटै राप्रपाका दोस्रो पुस्ताका नेताहरुलाई चैत्र ४ गते दमकमा सामूहिक भेट गरेपछि राप्रपा एकीकरणको मुद्दा व्यापक भएको हो ।

राप्रपा नामधारी पार्टीहरुको एकता, निर्वाचन समीक्षा, चुनावी गठबन्धन, पुस्तान्तरण, राप्रपा (प्रजातान्त्रिक) सरकारमा रहँदा मन्त्रीहरुको भूमिका लगायतका विषयमा सस्थागत धारणा बनाउन केन्द्रीय समितिको वैठक बोलाउनु पर्दछ भन्ने नेतृत्वमाथि देशव्यापी दवाब थियो ।

युवा पुस्ताका ७४ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले पार्टीको बैचारिक तथा सैद्धान्तिक आधार, सांगठानिक सुदृढीकरण, संस्थागत संचालन, केन्द्रदेखि स्थानीय तहसम्म संगठन बिस्तार तथा परीचालन, पार्टीका भगिनी संगठनहरु परिचालन, युवा, महिलालाई विशेष आकर्षण लगायतका विषयमा निर्णय गर्न केन्द्रीय समितिको वैठकको माग गर्दै अध्यक्ष राणा समक्ष सामूहिक ज्ञापन पत्र बुझाएका थिए ।

स्मरणीय रहोस्, निर्वाचन समीक्षाको विषयमा भने कार्य सम्पादन समितिले एक महिनाको समयसीमा तोकेर प्रतिवेदन पेश गर्न अध्यक्ष राणाको नेतृत्वमा एक समिति गठन गरेको थियो ।

केन्द्रीय सचिवलायले जारी गरेको वैठक सम्बन्धी परिपत्रमा केन्द्रीय सदस्यहरुलाई एक प्रति फोटो र नागरिकताको प्रतिलिपी लिएर उपस्थित हुन सुचित गरिएको छ । ११ बजेदेखि ४ बजेसम्म चल्ने वैठकको स्थान भने तोकिएको छैन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement