राप्रपा एकतालाई अन्तिम धक्का दिन 'नयाँ पुस्ता' अग्रसर

काठमाडौं । राप्रपाधारी पार्टीहरुलाई एकीकृत गर्ने प्रयास जारी छ । तीन पार्टीमा विभाजित कुनै पनि राप्रपा गत निर्वाचनमा राष्ट्रिय पार्टी बन्न असफल भएपछि पार्टीपंक्तिमा चरम चिन्ता र चासो छाएको हो ।

यसै क्रममा पुस्ता हस्तान्तरण सहितको नयाँ राप्रपा एकीकरणको प्रस्तावना राप्रपा वृत्तमा सघन रुपमा छलफल भइरहेको छ । पुरानो पुस्तालाई अभिवावकको रुपमा सम्मान गर्दै दोस्रो पुस्ताको सामूहिक नेतृत्व सहितको नयाँ संरचनाबारे तीन वटै राप्रपाका युवा नेतृत्वबीच छलफल भइरहेको वार्तामा सहभागी एक नेताले बताए ।

निर्वाचन नतिजा र पार्टी टुटफुटको श्रृङ्खलाले नयाँ अनुहार, नयाँ नेतृत्व र नयाँ संरचना माग गरेको भन्ने निष्कर्ष सहित तीन राप्रपा एकीकरणको वार्ताहरु विभिन्न कोणबाट जारी रहेको छ । तीन वटै राप्रपाका हालका अध्यक्षहरुबाट पार्टीले निकास पाउन सक्दैन भन्ने नै विश्लेषण छ । त्यसैले राप्रपाभित्र देशव्यापी रुपमा नयाँ पुस्ताको फ्रेस अनुहार र नेतृत्वको माग भएको हो ।

प्राप्त सुचना अनुसार, एक पटक दिलोज्यान लगाएर विभाजित पार्टीलाई एकतावद्ध गर्ने दोस्रो पुस्ताले अठोट लिएका छन् । तर, लाखौं कार्यकर्ताको भविष्य र संकटको गाम्भीर्यतालाई नजरअन्दाज गर्दै पहिलो पुस्ताले पदमोह कायम राखेर एकतामा अवरोध खडा गरे सामूहिक राजीनामा दिएर अन्यन्त्र पार्टीमा प्रवेश गर्ने अल्टीमेटम दिने मुडमा युवापंक्ति छन् । यस मार्गचित्रलाई भविष्य अंधकार देख्ने जिल्ला जिल्लाका तमाम कार्यकर्ताको सहयोग र समर्थन प्राप्त छ ।

हालसम्म पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमसेर जबरा दोस्रो पुस्ताबाट जारी पार्टी संरक्षण र सुदृढीकरण प्रयासप्रति सकारात्मक र लचिलो देखिएका छन् । संस्थापक अध्यक्ष समेत रहेका चन्दले कार्यकारी पद नचाहिने, अभिवावकको भूमिकामा बस्ने बताइसकेका छन् । राप्रपा (प्रजातान्त्रिक) भित्रका नयाँ पुस्ताका केन्द्रीय पदाधिकारी सहितका ७४ केन्द्रीय सदस्यहरुले बृहत राप्रपा एकता, नयाँ नेतृत्व, पुस्ता हस्तान्तरणको विषयमा अध्यक्ष राणालाई सामूहिक ज्ञापन पत्र बुझाइसकेका छन् ।

गत वर्ष राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको थियो । तर, एकता महाधिवेशनबाट कमल थापा एकीकृत पार्टीको अध्यक्ष बनेको छोटो समयमै पार्टी तीन टुक्रा भयो । थापाको अनुदार कार्यशैलीको विरोधमा डा प्रकाशचन्द्र लोहनीले राप्रपा राष्ट्रवादी र पशुपति शमसेर जबराले राप्रपा (प्रजातान्त्रिक) को नेतृत्व सम्हालेका थिए ।

अहिले पनि तीन राप्रपाका तीन अध्यक्षहरुमध्ये पार्टी भित्र र बाहिर सबैभन्दा विवादस्पद, अलोकप्रिय र तिरस्कृत कमल थापा देखिएका छन् । कान्तिपुर प्रकाशनको साप्ताहिक पत्रिकाले थापाको सत्तालिप्सा, ‘मुसा’ प्रवृति र उनकै नेतृत्वमा राप्रपा फुटेको, चौथो पार्टीबाट शून्यमा झरेको भन्ने उल्लेख गर्दै कमल थापालाई जिरो अफ द इयरको सूचीमा राखेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement