राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको पार्टीवीच एकताको घोषणा

2 महिना अगाडी

काठमाडौं ।  विवेकशील साझा पार्टीका निर्वतमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा समाहित भएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमका वीचमा राप्रपा र विवेकशील साझा पार्टी त्यागेका रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि  मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

सहमति अनुसार, अव रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् । उनको नेतृत्वमा राप्रपामा प्रवेश गर्नेहरुका वीचमा केन्द्रीय कार्यासम्पादन समिति लगायतमा सात देखि दश दिनभित्र तहगत समायोजन गर्ने सहमति भएको छ ।

 प्रदेश कमिटि लगायतका अन्य कमिटिको तहगत समायोजनका लागि दुवै पक्षका दुई– दुई जना नेताहरु रहेको कार्यदल बनाउने र निर्वाचन सभामुखमा रहेकोले दुवैका कमिटिलाई मिलेरै अगाडी बढन निर्देशन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

मिश्र राप्रपा प्रवेश गरेसँगै विवेकशील साझाका प्रदेश १ बाहेक सबै प्रदेश संयोजकले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतो रहेका छन् ।

प्रदेश १ का इन्चार्ज प्रकाशचन्द्र परियार भने विवेकशील साझामै रहनेछन् । उनलाई पार्टीले हालै प्रवक्ताको जिम्मेवारी दिएको छ । राजीनामा दिएका प्रदेश संयोजकमध्ये मधेसका महतोबाहेक सबैजना राप्रपा प्रवेश गर्ने गरी राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा र मिश्रक नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीचको एकता घोषणा सभा अहिले पनि जारी छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement