राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते

2 महिना अगाडी

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो । 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोकेका हुन् । राष्ट्रियसभा उपाध्यक्ष पद २१ फागुन २०७८ देखि रिक्त रहेको छ । गत वर्ष फागुन २० गते शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको चार वर्षीय कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त थियो ।


राष्ट्रिय सभाको अर्को बैठक उपाध्यक्षको निर्वाचनका लागि माघ २३ गते सोमबार बस्ने गरी स्थगित भएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement