रेल आएको १५ महिनापछि जनकपुर–जयनगर रेल सञ्चालनमा

7 महिना अगाडी

काठमाडौं । जनकपुर जयनगर रेल सेवा आजदेखि सञ्चालनमा आउने भएको छ । आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । आजदेखि बिना यात्रु (ड्राई रन) चलाइने रेलको औपचारिक उद्घाटनपछि यात्रु राखेर चलाइनेछ । भारतको सहयोगमा बनेको यो रेलको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको छ । 

यो रेलवे भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भएको हो । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको हो । 


रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको छ । प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरेी तालिम समेत दिएको छ । 
 
रेलवे भारतले बनाइदिए पनि नेपाल सरकारले करिब ८६ करोडको लागतमा दुई वटा रेल खरिद गरेको थियो । प्राविधिक, कर्मचारी र कानूनको अभावका कारण १५ महिना अघि ल्याइएको उक्त रेललाई त्रिपालले छोपेर राखिएको थियो । 

अब भने यो रेल नियमित रुपमा सञ्चालन हुने रेल्वे कम्पनीले जनाएको छ । यसका लागि जनकपुरदेखि जयनगरसम्म जनरलमा  ७० रुपैयाँ र एसीमा ३ सय रुपैयाँ भाडा तोकिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...