वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

2017-07-04

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ ।
काठमाडौं । यस वर्ष एभरेष्ट बैंकले समग्र कम्पनीहरुमध्येकै सर्वाधिक अर्थात् ७० प्रतिशत बोनस शेयर प्रदान गर्यो भने त्यसका अलावा ३३ प्रतिशत हकप्रद शेयर पनि प्रदान गर्दैछ । ७० प्रतिशत बोनसको मूल्य समायोजन हुनुअघिको दिनमा एभरेष्टको बजारमूल्य ३३ सयको हाराहारीमा थियो भने समायोजनपछिको १ हप्तामै करिब १६५० सम्म पनि झरेको थियो । केहीदिनअघि पुनः मूल्य समायोजन हुँदा बजार भाउ घटेर अहिले १३५० को हाराहारीमा सीमित हुन पुगेको छ । करिब ८ महिनाअघि समग्र बजार सूचककांक १७०० को हाराहारी रहँदा एभरेष्ट बैंकको बजार मूल्य करिब ३८०० थियो । अहिले बजार सूचकांक १५४४ रहँदा बैंकको सूचकांक १३४८ मा झर्न पुगेको छ । करिब ७ महिनाअघि बजार सूचक अहिलेकै बिन्दुमा रहँदाको अवस्थामा समेत एभरेष्ट बैंकको कारोबार ३२४९ रुपैयाँमा भएको थियो । सो दिन एभरेष्ट बैंकको १०० कित्ता शेयरको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ रहन्थ्यो । त्यसपछिका दिनमा १०० कित्तामा ७० कित्ता बोनस थपिएको छ भने हकप्रदमार्फत् रु. १७००० मा थप ५७ कित्ता शेयर थपिने भएको छ । यसो गर्दा १०० कित्ता शेयर २२७ कित्ता हुन जान्छ । हिजोको अन्तिम मूल्य अनुसार हेर्दा एभरेष्ट बैंकको २२७ कित्ता शेयरको मूल्य ३ लाख ५ हजार ९ सय ९६ रुपैयाँ हुन आउँछ । बजार समग्र सूचकांक हिजोकै बराबर रहेको समग्र वाणिज्य बैंक समूह समेत करिब १५०० को हाराहारीमा रहेको दिनमा ७ महिनाअघि भएको सम्पत्तिको मूल्यभन्दा आजको सम्पत्तिको मूल्य करिब २० हजारले प्रत्यक्ष कम हुन आएको छ भने त्यसमा हकप्रदको १७००० सहित गर्दा ३७ हजारले कमी हुन आएको छ । त्यसमाथि ७ महिनाको उत्पादनमूल्य त झनै गुमाइएकै छ । 
यसरी हेर्दा यसवर्षको उत्कृष्ट बोनसदाता वाणिज्य बैंक एभरेष्ट बैंकले मर्जर तथा एस्किवजिशनलाई छोडेर हकप्रद र बोनसमा बल गर्दा लगानीकर्ताहरु स्वयं मारमा परेका हुन् । १०० कित्ता शेयर रहेको लगानीकर्ताले अहिले २२७ कित्ता शेयर रहेकोमा आनन्दित हुनुबाहेक अर्को कुनै विकल्प रहेको छैन । 
स्ट्याण्डर्ड चार्टर्डको के होला ?
स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस वर्ष ३३ प्रतिशत बोनसमार्फत् केही चुक्ता पुँजी बढाएको थियो भने एफपीओमार्फत् करिब २५ करोड चुक्ता पुँजी बढाई करिब ३ अर्ब थप पुँजी संकलन गरिराखेको छ । बैंकले सोही आधारमा चालु आवमा शत प्रतिशत बोनस शेयर प्रदान गर्ने योजना बनाइसकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक पछिल्लो समय २००० भन्दा बढी बजारमूल्य रहेको एकमात्र वाणिज्य बैंक हो । अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ । थोरै शाखासञ्जाल, थोरै सञ्चालन खर्च र उत्कृष्ट ठुला निक्षेपकर्ताहरुका कारण बैंकको पहुँच कम भए पनि बजारमा भने सो बैंक उत्कृष्ट नै ठहरिँदै आएको छ । यस वर्षपनि एफपीओमार्फत् प्रशस्त प्रिमियम जम्मा गरेकाले शत प्रतिशत बोनस दिएपनि अन्य बैंकहरुको जस्तो घाटा नै लाग्ने स्थिति भने नआउन सक्ने आँकलन गर्न सकिन्छ तर २ अर्ब चुक्ता पुँजी हुँदा रहेको व्यापार र शाखासञ्जाल ८ अर्ब पुँजी पुग्दासमेत उही रहेकाले भावी दिनमा सो बैंकले यही अवस्थामा उत्कृष्ट लाभांश दिनसक्नेमा भने विश्वास गर्न सकिँदैन, तसर्थ लगानीकर्ता सचेत हुनु जरुरी छ । 

 




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement